आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

उम्मेदवारको मृत्युपछि केराबारी गाउँपालिकाको निर्वाचन स्थगित

फाइल फोटो

मोरङ - आसन्न स्थानीय तहको निर्वाचनका उम्मेदवार नवीन लिङ्देनलिम्बूको मृत्यु भएपछि निर्वाचनका सबै कार्यक्रम रोकिएको छ । 

मोरङको केराबारी गाउँपालिका–२ मा वडा सदस्य पदका लागि उम्मेदवारी दिएको नेपाली कांग्रेसका ३८ वर्षीय लिङ्देन लिम्बूको आज मृत्यु भएपछि निर्वाचनको सबै काम रोकिएको पालिका निर्वाचन अधिकृत भानुभक्त न्यौपानेले जानकारी दिए ।  

निर्वाचन आयोगबाट आउने निर्देशनपछि पुनः निर्वाचनको कार्यक्रम अघि बढ्ने उनले स्पष्ट पारे ।