प्रदेश १ मा किशोरी सशक्तीकरण कार्यक्रम निर्देशिका, २०७९ स्वीकृत

विराटनगर - प्रदेश नंं १ मन्त्रिपरिषद्को आज बसेको बैठकले केही बाधा अड्काउ फुकाउनेलगायत निर्णय गरेको छ ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विद्यालयमा किशोरी सशक्तीकरण कार्यक्रम निर्देशिका, २०७९ स्वीकृत गरेको छ ।
प्रदेश नं १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बाधा अड्काउ फुकाउने निर्णयपछि सम्बन्धित मन्त्रालयका मन्त्रीलाई लगानी प्राधिकरणको सदस्य बन्ने बाटो खुल्नेछ ।
किशोरी सशक्तीकरण कार्यक्रम निर्देशिका, २०७९ जारीपछि विद्यालय लक्षित किशोरी सशक्तीकरण कार्यक्रमअघि बढ्ने प्रवक्ता घिमिरेले जानकारी दिएका छन् । रासस

धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

करेन्ट लागेर माओवादीका गाउँपालिका कार्यसमिति सदस्यको मृत्यु, अर्का एक जना घाइ…

‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी पुर्याउने लक्ष्य छ’

हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

प्रतिक्रिया