मनाङमा दलित महिला सदस्य उम्मेदवार पाउनै मुस्किल

लमजुङ- हिमाली जिल्ला मनाङमा दलित महिला सदस्य उम्मेदवार पाउनै मुस्किल परेको छ । हरेक पार्टीले दलित महिला सदस्य खोज्दा पनि उम्मेदवार बन्न दलित महिला तयार देखिएनन् । संविधानले स्थानीय तहको वडामा १ जना दलित महिला सदस्यलाई अनिवार्य निर्वाचित गराउनुपर्ने प्रावधान राखेको छ ।
२८ वटा वडा रहेको मनाङमा ५ वटा वडा रहेको नार्पाभूमि गाउँपालिकामा एमाले, कांग्रेस, स्वतन्त्रलगायत कुनै राजनीतिक दल र व्यक्तिले दलित महिला सदस्य पाएनन् । उम्मेदवार नपाएपछि सिंगो मनाङको ४ वटा गाउँपालिकामा १३ वटा वडा दलित महिला वडा सदस्य बीहिन बनेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।
निर्वाचन कार्यालय मनाङका अनुसार ९ वटा वडा रहेको मनाङ ङिस्याङ गाउँपालिका १, २, ७ र ८ गरी ४ वटा वडामा दलित महिला वडा सदस्यको उम्मेदवारी परेको छैन । नासों गाउँपालिका २, ३, ६ र ७ मा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन ।
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

प्रतिक्रिया