'अभियुक्तको डिएनए र भागरथीको 'भजाइनल स्वाब' मेल खायो'

धनगढी: बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको 'भजाइनल स्वाब'सँग पक्राउ परेका अभियुक्तको डिएनए मेल खाएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा पुर्पक्षका लागि बाल सुधार गृहमा राखिएका अभियुक्त दिनेश भट्टको डिएनए र भागरथीको भजाइनल स्वाब मिलेको सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले जानकारी दिए ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीषक मुकेश कुमार सिंहले विधि विज्ञान प्रयोगशालामा अभियुक्त दिनेशको डिएनए र भागरथीको भजाइनल स्वाब पठाइएको आज मात्रै रिपोर्ट आएको पुष्टी गरे। उनले भने, ‘दिनेश नै दोषी हुन् भन्ने आधार प्रहरीसंग प्रसस्त थियो । डिएनए पनि मेल खाएपछि मुद्दा झनै बलियो भएको छ ।’
यसअघि अभियुक्तले पुर्पक्षमा रहेको अवस्थामा बयान फेरेका थिए । जिल्ला अदालत बैतडीको आदेशपछि डोटीको दीपायलस्थित सुधार गृहमा रहेका अभियुक्त दिनेशले भागरथीको हत्यामा आफ्नो संग्लनता नरहेको र हत्यामा संग्लन व्यक्तिलाई आफूले देखेको भन्दै बताएका थिए ।
त्यसअघि भने दिनेशले आफूले हत्या स्वीकार गरेको भन्दै प्रहरीले फागुन ४ गते उनलाई सार्वजनिक गरेको थियो । सरकारी वलिकको कार्यालय बैतडीमा बुवा दिपकराज भट्टकै अगाडि उनले भागरथीको बलात्कार गरेर हत्या गरेको स्वीकार गरेका थिए । सनातन धर्म मावि खोचलेकबाट माघ २१ गते घर फर्किने बेला हराएकी भागरथीको २२ गते शव भेटिएको थियो । पोष्टमार्टमपछि भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।
सनातन धर्म मावि खोचलेकबाट माघ २१ गते घर फर्किने बेला हराएकी भागरथीको २२ गते शव जंगलमा भेटिएको थियो । भागरथी विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन् । पोष्टमार्टमपछि भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया