बाघको आक्रमणबाट माहुतेको मृत्यु

चितवन- बाघको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी (माहुते)को मृत्यु भएको छ । शुक्रबार साँझ करिब साढे ५ बजेको समयमा बारा जिल्ला कोल्बी नगरपालिका–१ घर भएका करिब २३ वर्षीय माहुते रमेश चौधरी थारुलाई बाघले आक्रमण गरेको हो ।
हात्तीसार केन्द्रमै आएर बाघले आक्रमण गरेपछि चौधरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।
शरिरको घाँटी लगायतको भागमा चोट लागेको अवस्थामा प्रहरीले मृतकको शव फेला पारेको हो । शवको जाँच मुचुल्का लगायतको कार्य सम्पन्न गरि पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ । छोराको मृत्युको विषयमा बुबाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको र थप अनुसन्धान गर्ने काम भइरहेको अधिकारीले बताए ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया