मकवानपुर ट्राफिकले थाल्याे सडकमै ड्रग-युरिन टेस्ट

मकवानपुर । मकवानपुर ट्राफिकले सवारी चालकले लागु पदार्थ सेवन गरे नगरेकाे जाँच गर्न सुरु गरेकाे छ । ट्राफिक प्रहरीले लागुपदार्थ सेवन (लापसे) गरि सवारी चलाउने चालकहरु पहिचान गर्न लापसे जाँचकाे थालनी गरिएकाे हाे ।
लागुपदार्थ सेवन चेकका लागि मकवानपुर ट्राफिक प्रहरीले सडकमै ड्रग-युरिन टेस्ट गरेर चालकले लागुपदार्थ सेवन गरे नगरेको पत्ता लगाउने अभियानको थालनी गरेको छ । सवारी चालकले लागु पदार्थ सेवन गरी सवारी चलाउने गरेकाे गुनासो आएकाेले कार्यालयले पिसाबको माध्यमबाट ड्रग-युरिन टेस्ट जाँच सुरु गरेको मकवानपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताए ।
लागु पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना समेत बढ्ने भएकाेले त्यसको नियन्त्रणका लागि पनि ड्रग-युरिन टेस्ट जाँच सुरु गरेको थापाले जानकारी दिए । उक्त अभियानको थालनी बैशाख १६ गते शुक्रबारबाट गरिएकाे छ ।
राजमार्गम हुइकिने सवारी दुर्घटना न्यूनिकरण गर्न सवारी चालकहरुले लागु पदार्थ सेवन गरे नगरेको बारे जानकारी लिन ट्राफिक प्रहरीले लापसे चेकजाँच अभियानको थालनी गरेकाे हाे । ठूला, साना सबै सवारी साधनका चालकहरुले लापसे गरे नगरेकाे परीक्षण गरिने बताइएकाे छ ।
शुक्रबारकाे अभियानमा २२ सवारी चालकको लापसे चेक गर्दा ३ जनामा पाेजेटिभ भेटिएको थियाे । पाेजेटिभ भेटिएका चालकलाई आवश्यक कारवाही गरिएको ट्राफिक कार्यालयले जनाएकाे छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया