उच्च रक्तचाप कम गर्न व्यायाम

काठमाडौँ : रक्तचाप नियन्त्रण गर्न औषधी सेवन गर्नुभन्दा व्यायाम गर्नु उपयुक्त हुने अध्ययनले देखाएकाे छ । मार्च २३ मा युरोपियन जर्नल अफ प्रिभेन्टेटिभ कार्डियोलोजीमा प्रकाशित भएको एक आर्टिकलका अनुसार विशेष प्रकारका व्यायामले फरक समूहका मानिसहरूको रक्तचाप सन्तुलन गर्न मद्दत गर्ने भएकाले व्यायाममा जोड दिन सिफारिस गरेको छ ।
अक्सफोर्ड विश्वविद्यालयन, कनेक्टीकट विश्वविद्यालय लगायत विश्वका एक दर्जन भन्दा बढी अनुसन्धानकर्ताहरूले अध्ययन गरी उक्त आर्टिकल तयार पारेका हुन् । मुटुको स्वास्थ्य र व्यायामसँग सम्बन्धि पछिल्लो प्रमाणहरूका आधारमा उनीहरूले व्यायाम गर्न सिफारिस गरेका हुन् ।
उच्च रक्तचापको समस्याबाट विश्वभरका १ अर्ब भन्दा बढि मानिस ग्रसित छन् । र, यसका कारण थुप्रै मानिस मुटुसम्बन्धी रोगहरू र अकाल मृत्युको सिकार बन्न पुगेका छन् । यस अध्ययनले रक्तचाप सन्तुलन गर्नको लागि केही व्यायामहरू सिफारिस गरेको छ ।
तस्बिर : शाेभा गुरुङ, मास्टर ट्रेनर
एरोबिक गर्नुहोस्
मानिसको सामान्य रक्तचाप १२०÷८० हुन्छ । तर रक्तचाप १४०÷९० भन्दा बढी भयो भने त्यसलाई उच्च रक्तचाप भनिन्छ । यदि कोही मानिसको रक्तचाप पहिले नै यो भन्दा बढि छ भने त्यस्ता मानिसले एरोबिक तालिमबाट फाइदा लिन सक्ने अध्ययनले देखाएको छ ।
यसलाई कार्डियो व्यायाम पनि भनिन्छ । यसमा दौड, पौडी र साइकलिङ पर्छ । यस्ता व्यायामले मुटु धड्कनको दर बढाउँछ भने छिटोछिटो सास फेर्न सक्ने बनाउँछ । यो विधामा हिड्नु वा जगिङ गर्नु पनि पर्छ ।
औषधीहरू भन्दा यी व्यायामहरूले सजिलै उच्च रक्तचापलाई नियन्त्रण गर्न सक्ने स्विट्जरल्याण्डको बासेल विश्वविद्यालयका डा. हेनर हान्सेनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
तस्बिर : अनप्ल्यास फ्रि फाेटाे
पुसअप, स्क्वाट गर्न सकिन्छ
कतिपय मानिसहरूको रक्तचाप उच्च–सामान्य भइरहन हुन्छ । रक्तचाप १३०–१३९÷८५–८९ भएकोलाइ उच्च–सामान्य भइरहन भइरहने मानिन्छ । यस समूहमा भएका मानिसले बहु मांशपेशी समूह समेटिने खालका व्यायाम गर्न सक्छन् ।
शारीरिक वजन व्यायामहरू जस्तै पुश–अप, एअर स्क्वाट सँगै फ्रन्ट स्क्वाट्स ब्याक स्क्वाट्स, डेड लिफ्ट लगायत तौल उचाल्ने व्यायामहरू पनि गर्न सकिन्छ ।
सामान्य रक्तचापका लागि योग
कोही मानिसको रक्तचाप सामान्य (१२०÷८०) छ भने उनीहरूले यसलाई कायम राखिरहनको लागि योग, प्लाङ्क्स लगायत अभ्यास गर्न सक्छन् । त्यस्तै स्ट्याटिक लञ्ज, वाल सिट लगायत अभ्यास गर्न सक्छन् ।
तस्बिर : अनप्ल्यास फ्रि फाेटाे
राम्रो नतिजा पाउनको लागि दैनिक व्यायाम
मुटुलाई स्वस्थ राख्नको लागि विशेषज्ञहरू दैनिक व्यायाम गर्न सुझाव दिन्छन् । यसको मतलब दैनिक तपाईंले म्याराथन दौडिनुपर्छ वा जिममा घण्टौँ विताउनुपर्छ भन्ने होइन । तर दैनिक रूपमा केही समयको हिँडाई वा छोटो समयको व्यायामले पनि धेरै फाइदा पु¥याउन सक्छ ।
विश्वविद्यालयका डा. हान्सेन भन्छन्, ‘दैनिक रुपमा रक्तचाप कम गर्न प्रयोग गर्ने औषधीले जस्तै दैनिक गरिने व्यायामले पनि मानिसलाई २४ घण्टै फाइदा पु¥याउँछ । त्यसैले दैनिक रूपमा व्यायाम गर्नु राम्रो हुन्छ ।’
भारतमा कोभिड देखिएपछि पर्सामा सतर्कता अपनाइने

सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

प्रतिक्रिया