‘हनी बनी’बाट अलग भए अनमोल र सारा, जसिता लिएर सुटिङ गर्ने तयारीमा निर्माण टिम

काठमाडौँ - फिल्म साइन गर्दै छाड्दै गर्ने क्रमलाई निरन्तरता दिँदै अनमोल केसीले दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘हनी बनी’ पनि छाडेका छन् । निर्देशक दिवाकर भट्टराईले अनमोल फिल्म नरहने खबर पुष्टि गरे । योसँगै फिल्मबाट मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध भएकी सारा सिरपाइली पनि फिल्ममा नरहने दिवाकर भट्टराई जानकारी गराए ।
‘ए मेरो हजुर ४’को प्रचार प्रचार चलिरहँदा अनमोल केसीले यो फिल्म साइन गरेका थिए । तर सुटिङको मुखमा आएर अनमोल यो फिल्मबाट अलग भएका हुन् । निर्देशक दिवाकर भट्टराईले सहमतिमै आफूहरू फरक बाटो लागेको जानकारी गराए ।
‘ फिल्मको चरित्र पोट्रे गर्ने कुरामा अनमोलले अलि असहज महसुस गरे । सोही कारणले हामीले उनलाई रिलिज गर्ने निर्णय गरेका हौँ’ दिवाकरले भने । दिवाकरका अनुसार अनमोल फिल्मको कार्यशालामा पनि केही दिन बसेका थिए । तर सुटिङ नजिकिँदै जाँदा उनले त्यो चरित्र निर्वाह गर्न सक्ने कुरामा शंका व्यक्त गर्न थालेपछि निर्माण टिम र अनमोलबीच फिल्म नगर्ने व्यवहारिक सहमति भएको हो ।
यता सारा सिरपाइलीको भने लन्डनको भिसा नआएपछि निर्माण टिम उनको साटो विकल्प खोज्न तयार भएको हो । दिवाकर भट्टराईले लन्डनमै रहेकी जसिता गुरुङसँग कुरा अगाडि बढिरहेको र सकारात्मक रहेको बताए ।
‘जसितासँगको कुरा सकारात्मक छ । सायद उनी नै फिल्मको फिमेल लिड हुनेछिन्,’ दिवाकरले इकागजसँग भने । दिवाकरले फिल्ममा अनमोललाई प्रतिस्थापन गर्ने कलाकार पनि लगभग फाइनल भएको र कागजी सम्झौतापछि सार्वजनिक गरिने बताए । दिवाकर आउँदो बिहीबार सुटिङको तयारीका लागि लन्डन प्रस्थान गर्दैछन् ।
अनमोलले यसअघि ‘ग्याङस्टर ब्लुज’, ‘ब्याचलर बन्टी’, ‘धूपौरे’ आदि फिल्म पनि सम्झौता पछि पनि छाडेका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया