उपासना भन्छिन् , ‘सत्यम्’ साइन गरेको छैन ‘कबड्डी ४’ मा कुरा भएको छैन

काठमाडौं : ‘कबड्डी’ सिरिजको अन्तिम फिल्म ‘कबड्डी ४’ ले असोज १५ लाई प्रदर्शन मिति नै सार्वजनिक गरिसकेको छ । यसमा पहिलो, दोस्रो र तेस्रो भागका अधिकांश कलाकारको अभिनय रहने बताइएको छ । मतलब फिल्ममा दयाहाङ राई, विजय बराल र बुद्धि तामाङसँगै निश्चल बस्नेत र सौगात मल्ल पनि रहनेछन् ।
तर, फिल्ममा रिश्मा गुरुङ रहने नरहने खबर बाहिरिसकेको छैन । तेस्रो शृंखलामा उनलाई उपासना सिंह ठकुरीले रिप्लेस गरेकी थिइन् । तर, चौथो भागमा उपासना रहने नरहने निर्माण टिमले कुनै जानकारी सार्वजनिक गरेको छैन । बजारमा भने उनले दुवै फिल्म साइन गरेको खबर छ ।
तर, उपासना सिंहले भने इकागजसँगको कुराकानीमा ‘सत्यम्’को निर्माण टिमसँग कुरा मात्र भएको तर ‘कबड्डी ४’सँग भने फिल्म खेल्ने विषयमा कुराकानी नै नभएको बताएकी छिन् ।
‘ ५ दिनपछि बाट मेरो ब्याचलर थर्ड सेमको परीक्षा छ । म त त्यसैको तयारी गरिरहेकी छु । सत्यम्मा कुरा भएको छ । तर मैले साइन गरेको छैन,’ उनले भनिन्, ‘कबड्डीको त कुरै भएको छैन ।’
उनले कविराज गहतराजको निर्देशनमा बन्न लागेको फिल्म भने साइन गरेको बताइन् । ‘मिरर’ शीर्षकमा बन्न लागेको फिल्ममा उपासनाले दोहो¥याएर आर्यन सिग्देलसँग काम गर्न लागेकी हुन् । आर्यन र उपासनाले यसअघि ‘डिसेम्बर फल्स’मा सँगै काम गरेका थिए । अहिले यो फिल्मको गीतको सुटिङ मात्र बाँकी छ । उपासनाले अनमोल केसीको जोडी भएर फिल्म ‘क्याप्टेन’बाट अभिनय थालेकी थिइन् ।

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ बाट पनि

कस्तो छ हाउसफुलः ५ ?

दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

अन्ततः पिके २ मा रणवीर कपुर एलियनको भुमिकामा देखिने पक्का

प्रतिक्रिया