नेपाल मासु र अन्डामा आत्मनिर्भर भएको घोषणा

काठमाडौं : सरकारले मुलुक पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरेका हुन्।
राष्ट्रपतिबाट आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत कृषि तथा पशुपन्छीजन्य प्रमुख खाद्यवस्तुहरूको उत्पादनमा तीब्र वृद्धि गर्दै मुलुकलाई आत्मनिर्भर बनाइने प्रतिबद्धता व्यक्त भएको थियो ।
दूध ढुवानीको लागि प्रतिक(लोगो) चिन्हको समुद्घाटन, धुलो दूधको नयाँ प्याकेजको अनावरणको साथै पशुपन्छी तथा मत्स्य विकासका रणनीतिक कार्ययोजनाको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्रीबाट मासु र अण्डामा मुलुक आत्मनिर्भर भएको र दुधमा आत्मनिर्भर उन्मुख रहेको घोषणा भएको हो । ।
हाल देशमा २३ लाख ०१ हजार मे. टन दूध, ५ लाख ४८ हजार मे. टनमासु, १ अर्ब ६१ करोड गोटा अण्डा र ९१ हजार मे टन माछा उत्पादन भएको छ ।हालको प्रचलित बजार मूल्यको आधारमा करिब १ खर्ब २२ अर्ब दूधबाट, करिब २ खर्ब ७५ अर्ब मासुबाट,१७ अर्ब अण्डाबाट र ३७ अर्ब माछाबाट गरी कुल ४ खर्ब ५० अर्ब रुपैया बराबरको खाद्यबस्तुको उत्पादन भई आयात प्रतिस्थापन भएको छ।
विश्व खाद्य तथा कृषि संगठनले प्रति व्यक्ति प्रति वर्ष न्यूनतम ९१ लि दूध, १४ केजी मासु, ४८ गोटा अण्डा उपभोगको लागि सिफारिश गरेको सन्दर्भमा हाल नेपालमा प्रति व्यक्ति प्रति वर्ष ७९लि दूध, १८.१ केजी मासु, ६१ गोटा अण्डा उपलब्धता हासिल भएको मन्त्रालयले जानकारी दिएको छ। तथ्यांकअनुसार प्रत्येक वर्ष ५ लाख देखि ६ लाखको हाराहारीमा आयात हुने बाख्रा हाल ९७ प्रतिशतले घटेको छ । राँगा भैसीको आयात विगत २ वर्ष यता शुन्य भएको छ।
प्रधानमन्त्री ओलीले नेपाल पशुपन्छीजन्य उत्पादनको क्षेत्रमा आत्मनिर्भर भएकोले अब निर्यात प्रवर्द्धनमा जोड दिएको बताए ।कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले निर्यात प्रवर्द्धनका लागि वाधक रहेको निश्चित पशुपन्छीका रोगहरु उन्मूलन तथा रोकथामका कार्यक्रममा मन्त्रालयले जोड दिइरहेको र अव निकट भविष्यमा नेपालका पशुपन्छीजन्य उत्पादनहरु निर्वाध विश्व बजारमा पुग्ने बताइन्।
व्यावसायिक तथा उन्नत पशुपालनको लागि नश्ल सुधार, पशुआहारा विकास तथा प्रविधि विस्तार, पशुस्वास्थ्य, रोग नियन्त्रण, पशुपन्छी बजार प्रवर्द्धन एवं पशुपन्छी तथा मत्स्य मूल्य श्रृखंला विकास र यसमा आबद्ध सबै सरोकारवालाहरुको क्षमता अभिबृद्धि गर्न तीनै तहको सरकारको समन्वय, सहकार्य मार्फत कृषि विकास रणनीति, राष्ट्रिय कृषि नीति तथा आबधिक योजनाले लिएको लक्ष्य अनुसार देशलाई पशुपन्छीजन्य पदार्थको आत्मनिर्भरता हासिल गरी निर्यात प्रवर्द्धन तर्फ उन्मुख भएको मन्त्रालयले बताएको छ ।

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया