मोटरसाइकलमा लागूऔषध ओसार्ने दुई पक्राउ

हेटौंडा : मोटरसाइकलमा लागूऔषध ओसार्ने हेटौंडाका दुई जना पक्राउ परेका छन् । मोटलसाइकल चालक हेटौंडा-४ का ३६ वर्षीय शिशिरराज जोशी र मोटरसाइकलमा सवार हेटौंडा-८ का २५ वर्षीय सुसान्त नेपालीलाई बुधबार प्रहरीले हेटौंडा-१५ स्थित सडकखण्डबाट पक्राउ गरेको हो ।
बारा जिल्लाको पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना १६ प ८३२७ नम्बरको पल्सर मोटरसाइकललाई प्रहरीले रोकेर सुरक्षाजाँच गर्दा मोटरसाइकलको सिट मुनि लुकाएर राखेको अवस्थामा प्रहरीले लागूऔषध ओनेरेक्स १२ बोटल बरामद गरेको थियो ।
उनीहरुलाई बिहीबार सार्वजनिक गर्दै प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया