शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

पूर्वसिडिओ बोहरा सुदूरपश्‍चिम लोकसेवा आयोग अध्यक्ष

धनगढी : सुदूरपश्‍चिम प्रदेशको लोक सेवा आयोगमा यज्ञराज बोहरा नियुक्त भएका छन् । कैलालीका पूर्वप्रमुख जिल्ला अधिकारी बोहरालाई प्रदेश सरकारले आयोगको अध्यक्षमा नियुक्त गरेको हो । 

अघिल्लो महिना कैलालीबाट गृह मन्त्रालय सरुवा भएका बोहराले लोक सेवा आयोगको अध्यक्ष हुने भएपछि अवकाश हुनु एक महिनाअगाडि राजीनामा दिएका थिए । 

यस्तै पूर्वप्रशासक लक्ष्मण खड्का र शिक्षिका भागरथी राना थारू आयोगको सदस्यमा नियुक्त भएका छन् । प्रदेश लोक सेवा आयोगका पदाधिकारीलाई शपथ खुवाउन बिहीबारको प्रदेश सभा बैटकबाट सुदूरपश्चिम प्रदेश लोकसेवा आयोग गठन, काम कर्तव्य तथा अधिकारसम्बन्धी विधेयक दोस्रो पटक संशोधन पनि गरिएको छ । 

यसअघि पनि यस ऐनमा पदाधिकारीको नियुक्तिमा समानुपातिक र समावेशी शब्द छुटेका कारण संशोधन गरिएको थियो ।