लुटपाट पश्चात हत्या गरी फरार अभियुक्त पक्राउ

काठमाडौं – लुटपाट पश्चात हत्या गरी फरार रहेका अभियुक्त सिन्धुली दुधौली नगरपालिका-१ डकाहा घर भएका २६ वर्षीय प्रकाश तिमिल्सिनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१५ भगवान पाउ नजिक सडक किनारमा ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभु घर भएका २८ वर्षीय नरेश कुमार गौतमलाई तिमिल्सिनालगायत दुई जनहरुले वैशाख २ गते लुटपाट पश्चात हत्या गरी फरार भएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा चुमनुब्री गाउँपालिका-३ जगतबाट तिमिल्सिनालाई पक्राउ गरेको हो ।
तिमिल्सिनालाई आवश्यक कानुनी कारवाहीको लागि प्रहरी वृत्त स्वयम्भुमा पठाइएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया