अहिलेको समस्या क्षणिक हो : ऊर्जामन्त्री
काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही ठूला उद्योगहरूमा विद्युत आपूर्तिमा देखिएको समस्या क्षणिक भएको बताउँदै आजदेखि आपूर्ति सहज हुने दाबी गरेकी छिन् ।
बिजुली कटौतीको चपेटामा परेका उद्योगी तथा व्यावसायीसँग मन्त्रालयमा हिजो भएको छलफलमा मन्त्री भुसालले भनिन्, ‘विद्युत आपूर्तिमा देखिएको समस्या हाम्रो कारणबाट उत्पन्न भएको होइन, विश्वव्यापी समस्या हो । नेपालको सन्दर्भमा यसलाई सल्टाउन सरकार प्रतिबद्ध भएर लागेको छ, चाँडै समाधान हुन्छ ।’
विगतमा ऊर्जा सुरक्षाका लागि ठूला जलाशययुक्त आयोजना नबन्दा सुख्खा समयमा समस्या देखिने गरेको स्पष्ट पार्दै मन्त्री भुसालले केही दिनका लागि देखिएको समस्यालाई राजनीतिकरण नगर्नसमेत आग्रह गरिन् । ‘ऊर्जाकै कारण हामीले समस्या भोग्नु पर्दैन, विगतमा ऊर्जा सुरक्षालाई ध्यान नदिँदा क्षणिक समस्या आएको हो, आगामी दिनमा यस्ता समस्या सल्टिँदै जानेछन्,’ उनको भनाइ थियो ।
ऊर्जा सचिव देवेन्द्र कार्कीले हाम्रो ऊर्जा प्रणालीमा देखिएको क्षणिक समस्या केही दिनमै हल हुने बताउँदै आत्तिनुपर्ने अवस्था नहरेको उल्लेख गरे । ‘यो समस्या क्षणिक हो, राज्यले यसलाई सम्बोधन गर्छ,’ कार्कीले भने ।
छलफलका क्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समयमा विद्युत आपूर्तिमा देखिएको समस्या सामान्य भएको भन्दै उद्योगी व्यावसायीलाई नआत्तिन आग्रह गरे । उनले भने, ‘अहिलेको समस्या दुईचार दिनको हो, आत्तिनु पदैन, छिट्टै समाधान हुन्छ ।’
छलफलका क्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले विद्युत् आपूर्तिमा देखिएको समस्याबारे जानकारी गराएका थिए । ‘विद्युत आपूर्तिमा समस्या देखिएको छ, यसलाई सरकारले समाधान गर्नुप¥यो,’ उनको भनाइ थियो ।
त्यसैगरी महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले विद्युत आपूर्ति सहज तुल्याउन सरकार र निजी क्षेत्रसँगसँगै मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले आगामी दिनमा विद्युतको गुणस्तरीयता सुधार हुने विश्वास व्यक्त गरे ।

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_ZUi0UiGC9P_q3yn2wc2fjjttnwfbm8dgacxtqhp9tkvvklyjtb4wosgbtr0pdky5suckhik.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

प्रतिक्रिया