डढेलोले वन्यजन्तुको बासस्थान सर्यो, धुवाँले आँखा पोल्ने समस्या

हेटौँडा : बागमती प्रदेशको वन मन्त्रालयसँगै रहेको जंगलमा डढेलो लाग्दा नियन्त्रणको केही प्रयास हुन सकेन । जंगल नजिकै डिभिजन वन कार्यालय मकवानपुर भए पनि आगो निभाएर नियन्त्रणमा लिने प्रयास हुन सकेन । हेटौंडा-२, वनस्खण्डी नजिकैको जंगलमा डढेलो लागेको ३ दिनसम्म पनि नियन्त्रण गर्न नसकिएको हो ।
जंगलमा लागेको डढेलो बस्ती नजिकै आउन थालेपछि स्थानीयहरु नै आगो निभाउन खटेको स्थानीय अनिता शाह बताउँछिन् । घर नजिकै डढेलो आयो, राति १२ बजेसम्म सुत्नै सकिएन । बाल्टीमा पानि भरेर तयारी अवस्थामा बस्यौँ' उनले भनिन् । डिभिजन वन कार्यालय मकवानपुरका वन डिभिजन अधिकृत इमनाथ पौडेलले आगो निभाउने प्रविधि नहुँदा जंगलमा सल्केको डढेलो नियन्त्रणमा ल्याउन कठिनाई भएको बताए । ‘हामीले वनमा आगो लगाउनेलाई पक्रन सकेका छैनौँ, कति हेक्टर क्षेत्रफलमा आगो लागेको छ त्यो पनि भन्न सक्दैनौँ’ उनले भने । वनजंगलमा डढेलो लाग्ने समय भएको भन्दै उनले नियन्त्रण गर्न वन समिति तथा मातहतका कार्यालयहरुलाई निर्देशन दिएको बताए । ‘जंगलमा ठूलो आगो लागेमा निभाउन सक्ने अवस्था छैन्’ उनले भने ।
मकवानपुरको जंगलमा विशेष गरी मयूर, कालिज, वन कुखुरा, न्याउली, कालो चिल, काग, सेतो परेवा, जुल्फे जुरेली, घर भँगेरो, चिवे, रानीचरा, कोइली, लाटो कोसेरो, फिष्टो जस्ता प्रमुख चराहरु पाइन्छ । यस्तै स्याल, फ्याउरो, मलसाप्रो, दुम्सी, रातो बाँदर, लंगुर बाँदर, बँदेल, सालक, बाघ, गैडा र चितुवा स्तनधारी जनावरहरु भेटिन्छन् ।
जंगलमा डढेलो लाग्दा गएको तीन दिनदेखि हेटौँडाको वातावरणमा प्रतिकुल असर परेको छ । धुवाँले गर्दा आँखा पोल्ने, श्वास फेर्न समस्या भएको छ । प्रदुषण बढेको छ । धुवाले आँखा पोल्दा समस्या भएको बताउँछिन् हेटौंडा–२ की अन्जु रिजाल । जंगल नजिकै घर छ, जंगलबाट निस्केको धुवाँले आँखा पिरो हुने तथा श्वास फेर्न असहज भएको उनले बताइन् ।
डढेलोको धुवाँले आँखामा प्रत्यक्ष असर गर्ने बागमती प्रदेशको वन मन्त्रालयका वन तथा वातावरण विज्ञ संजिव सुवेदीले बताए । डढेलोले वातारणमा असर गर्नुका साथै वन्यजन्तुको बासस्थानमा खराब गरेको उनले तर्क राखे । वन्यजन्तुहरु आफ्नो बासस्थानबाट अन्यन्त्र सर्दा गाउँबस्तीमा निस्कने खतरा बढेको उनले बताए ।
मकवानपुरमा २ सय ११ सामुदायिक वन छन् । प्रायः सबै वनजंगलमा डढेलो लाग्न सुरु भइसकेको सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलगाईले बताए । उनका अनुसार सामुदायिक वनले काठ दाउरा बेच्न नसक्दा वनजंगल संरक्षणप्रति नागरिकको अपनत्व घट्दै गएको छ । चालू वर्षमा वन डढेलो सम्बन्धी सचेतनाको कार्यक्रम समयमै हुन नसक्दा पनि समस्या भएको उनको भनाई छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया