भारत र इंग्ल्यान्डबीचको दोस्रो एकदिवसीय आज
काठमाडौँ : भारत र इंग्ल्यान्डबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुदैछ । खेल पुनेमा दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ । आजको खेलमा इंग्ल्यान्डका कप्तान इयोन मोर्गन टिममा हुने छैनन् । औलाको चोटका कारण उनले दोस्रो र तेस्रो एकदिवसीय क्रिकेट गुमाउने भएका हुन् ।
इंग्ल्यान्डको कप्तानी जोश बटलरले गर्नेछन् । भारतका तर्फबाट श्रेयार आयर पनि टिममा हुने छैनन् । उनी पनि चोटका कारण सिरिजबाट बाहिरिएका हुन् । पहिलो एकदिवसीय जितेको भारतले आजको खेल जिते एक खेल अगावै एकदिवसीय सिरिज आफ्नो पक्षमा पार्नेछ ।
यसअघि भएको टेस्ट र टी-ट्वान्टी सिरिज भारतले जितेको थियो ।
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

प्रतिक्रिया