एमाले अछामले बागी उम्मेदवारसहित १४ जनालाई पार्टीबाट निस्कासन गर्यो

अछाम- स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी खडा भएको भन्दै नेकपा (एमाले) अछामले १४ जनालाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निस्कासन गरेको छ ।
साँफेबगर नगरपालिका-६ मा वडाध्यक्षका बागी उम्मदेवार मीनबहादुर बोहरा, सदस्यका उम्मेदवार खड्कराज मुडभरी, धर्म दुवाल, सावित्री कडारा, अप्सरा स्वारलाई पार्टीको साधारण सदस्य नरहनेगरी निष्कासन गरिएको एमाले अछामका सचिव भीमबहादुर रावलद्वार हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै,साेही नगरपालिका-१ मा वडा सदस्यका उम्मेदवार पूर्णकुमार शाह र मय नेपाली, एमाले जिल्ला सदस्य दीपक कुँवर, हर्कविरही विक, जिल्ला सल्लाहकार सदस्य बलबहादुर रावल, बद्रप्रसाद धमाला, मंगलसेन नगरकमिटी सदस्य भक्त विक, कमलबजार नगरपालिका-५ का पार्टी अध्यक्ष केशव तिमिल्सेना, साँफेबगर नगरपालिका-९ का अध्यक्ष ध्रुव थापालाई निष्कासन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया