सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

युवक मृत फेला

सांकेतिक तस्बिर

कञ्‍चनपुर- महेन्द्रनगरस्थित नाइन इलेभन होटलेको कोठामा आज एक जना युवक मृतावस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटेलको कोठामा  मृतावस्थामा फेला परेका हुन् । पाण्डेयको मृत्युको कारण खुल्न नसकेको र घटनास्थल सिल गरी अनुसन्धान भइरहेको उहाँले जानकारी दिए । रासस