उत्तरी पाकिस्तानमा गोली चल्यो, पाँचको मृत्यु

इस्लामाबाद : पाकिस्तानको उत्तरी गिलगित बाल्टिस्तान क्षेत्रमा बिहीबार एक अज्ञात आक्रमणकारीले गोली चलाउँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । घटनामा अन्य केही व्यक्ति घाइते भएको प्रहरी अधिकारीले जनाएका छन् ।
गिलगितका वरिष्ठ प्रहरी अधीकृत मिर्जा हसनले सञ्चारमाध्यमलाई बताए अनुसार अज्ञात बन्दुकधारी एक समूहले नल्टार क्षेत्रस्थित पुल नजिकै यात्रु भ्यानमा गोली हानेको थियो । हमला भएको गाडीमा महिला र केटाकेटीहरू यात्रा गरिरहेका थिए ।
रिपोर्ट अनुसार यात्रुवाहक गाडी गिलगितबाट नल्टारबाला जाँदै थिए र घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ ।
उक्त क्षेत्रमा थप प्रहरी टोली पठाइएको छ । प्रहरीले आक्रमणकारीहरूको खोजी गरिरहेको छ । प्रहरीले आक्रमण कसले र किन गरेको भन्नेबारेमा पनि अनुसन्धान गरिरहेको बताएको छ ।
आक्रमणको कुनै समूह वा व्यक्तिले अहिलेसम्म जिम्मेवारी लिएको छैन । (सिन्ह्वा)

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

हुँदैछ विश्वको पहिलो वीर्य दौड प्रतियोगिता

प्रतिक्रिया