मालपोत कार्यालयका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैँ – मालपोत कार्यालय टोखा, सरस्वती, काठमाडौंमा कार्यरत खरिदार विनोद तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ ।
अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले खरिदार तिवारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा गरेकाे हाे ।
मुद्दा फाँटमा कार्यरत खरिदार तिवारीले जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग बीस हजार रुपैयाँ घुस मागेकाे माग गरिरहेको भन्ने सूचनाकाे आधारमा अख्तियारले वैशाख ४ गते नियन्त्रणमा लिइएको थियो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज तिवारीलाई बिगो बीस हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन अख्तियारले दायर गरेकाे आराेप पत्रमा उल्लेख छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया