शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त गर्न दरखास्त आह्वान

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका अध्यक्ष र सदस्यहरु नियुक्त गर्न १५ दिने दरखास्त आह्वान गरेको छ । मन्त्रालयले शनिबार गोरखापत्रमा सुचना प्रकाशन गरेर योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिन भित्र दरखास्त दिन भनेको छ ।
इच्छुकहरूले शिक्षक सेवा आयोगको अध्यक्ष/सदस्य भएपछि आयोगको नेतृत्व गर्ने र चाल्ने नेतृत्वदायी भूमिकासहितको अवधारणा पत्र तथा पाँच वर्षको व्यवसायिक कार्य योजनासमेत संलग्न गरी सिलबन्दी दरखास्त सिफारिस समितिको सचिवालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा कार्यालय समय भित्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।
शिक्षा ऐन, २०१८ (संशोधन सहित) को दफा ११ (ख) ले शिक्षक सेवा आयोगमा अध्यक्ष र एकजना महिला सहित अन्य दुई सदस्यहरु रहने व्यवस्था गरेको छ । आयोगका पदाधिकारीको नियुक्ति सोही ऐनको दफा ११ ख को उपदफा(३) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा नेपाल सरकारले गर्ने व्यवस्था छ ।
सिफारिस समितिद्वारा स्वीकृत कार्यविधि, २०७७ बमोजिम दरखास्त पेश गर्ने उम्मेदवारहरूबीच योग्यताक्रम निर्धारण गरी उच्च अंक प्राप्त गर्ने उम्मेदवारलाई अध्यक्ष तथा सदस्य नियुक्त गर्न नेपाल सरकारलाई सिफारिस गर्नेछ ।

नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मियताले अझ समृद्ध बनेको…

मिडिया काउन्सिल विधेयकमाथि सञ्चारमन्त्री र पत्रकारबीच छलफल

सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष

संखुवासभामा पर्यटन र उर्जामा लगानी बढाउँछौं: उर्जा मन्त्री खड्का

सरकारले बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग पुनःस्थापना गर्न जापान सरकारको अनुदा…

खेलमार्फत निरोगी नेपाल निर्माण गर्ने सपनालाई साकार पार्न सरकार तयार छः प्रधा…

उद्यमीमाझ प्रधानमन्त्री : ‘नेपाल बन्छ, गरेर देखाऔँ’

प्रतिक्रिया