प्रतियुनिट २४.१८ मा किनेर उद्योगलाई ९ रुपैयाँमा

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुलाई प्रतियुनिट २४ रुपैयाँ १८ पैसामा भारतबाट बिजुली किनेर दिन सुरु गरेको छ ।
प्राधिकरण सञ्चालक समितिको हिजो बसेको बैठकले भारतको एनभीभीएनसँग ३ सय मेगावाट बिजुली खरिद गर्ने निर्णय गरेको थियो । उक्त निर्णय लगत्तै प्राधिकरण र एनभीभीएनबीच आगामी जून १५ र आवश्यकता परे त्यसपछि पनि थप ३०० मेगावाट बिजुली खरिद गर्ने अतिरिक्त सम्झौता भएको ऊर्जा सचिव देवेन्द्र कार्कीले बताए ।
उनका अनुसार हाल एनभीभीएनले भारतका ऊर्जा उत्पादकहरुसँग १५० मेगावाट बिजुली मात्र खरिद गर्न सक्ने जनाउ दिएकाले हिजो राति १२ बजेदेखि १५० मेगावाट बिजुली नेपाल भित्रिएको र त्यो बिजुली उद्योगहरुलाई दिन थालिएको हो ।
भारतीय ऊर्जा दलाल कम्पनी एनभीभीएनले भारतीय ऊर्जा बजार (आईआईएक्स) बाट बिजुली किनेर नेपाल विद्युत् प्राधिकरणलाई आपूर्ति गर्दै आएको छ । ऊर्जा बजारमा प्राधिकरणले कम्तीमा ४० र बढीमा १०० मेगावाटभन्दा बढी बिजुली नपाएपछि उद्योगहरुमा आपूर्ति कटौती गरेको थियो ।
सचिव कार्कीका अनुसार भारतीय ऊर्जा बजारमा उल्लिखित १२ रुपैयाँ (भारु) मा एनभीभीएनले प्राधिकरणलाई मुजफ्फपुरसम्म उपलब्ध गराउँछ । त्यसमा मुजफ्फपुरदेखि ढल्केबरसम्म आइपुग्दा प्रसारण शुल्क, चुहावट सबै गर्दा एक युनिट बिजुलीको प्रतियुनिट २४.१८ पैसा पर्छ ।
प्राधिकरणले उद्योगहरुलाई औसत प्रतियुनिट ९ रुपैयाँमा बेच्दै आएको छ । यसरी अतिरिक्त आयातीत बिजुलीबाट प्राधिकरणलाई एक युनिटमा १५ रुपैयाँ १८ पैसा घाटा पर्छ । मे (वैशाख–जेठ) महिनाका लागि मात्र प्राधिकरणलाई सवा अर्ब रुपैयाँ घाटा पर्ने देखिएको छ ।
एनभीभीएनले तीन सय मेगावाट बिजुली उपलब्ध गराउने हो भने प्राधिकरणलाई मासिक साढे दुई अर्ब रुपयाँ घाटा पर्ने प्राधिकरणका एक अधिकारीले बताए । भारतको केन्द्रीय विद्युत् नियमन आयोगले आईआईएक्समा प्रतियुनिट १२ रुपैयाँ (भारु) भन्दा बढी असुल्न नपाइने निर्देशन दिएपछि प्राधिकरणले माग गरेको बिजुली पाउन छाडेको हो । एनभीभीएनले पनि आईआईएक्सकै दरमा प्राधिकरणलाई उपलब्ध गराएको हो ।
भारतीय ऊर्जा उत्पादकले आईआईएक्समा बिजुली नदिई सिधै एनभीभीएनलाई दिएको र त्यो बिजुली प्राधिकरणलाई दिएको हो । केही सातायता भारतमा बिजुली उत्पादन गर्ने कच्चा पदार्थ कोइलाको अभाव भएका कारण त्यहाँ बिजुली उत्पादनमा व्यापक कटौती भएको छ । भारतमा दुई तिहाई बिजुली (करिब एक लाख २० हजार मेगावाट) कोइलाबाट उत्पादन हुन्छ ।
अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य चार गुणा महँगिएको, कोल कम्पनीलाई बिजुली उत्पादकहरुले समयमै भुक्तानी गर्न नसकेको कारणबाट कोइला उत्पादनमा ह«ास आएको कारण भारतमा ऊर्जा संकट गहिरिएको हो ।
भारतले नेपालसँग सम्झौता (पीपीए) गरेको बिजुली समेत नदिएपछि नेपालमा करिब तीन सय मेगावाट बिजुली अभाव हुन पुगेको हो । चुनावका मुखमा गार्हस्थ्य (मतदाता) ग्राहकसहित उद्योगमा समानान्तर र समान रुपले आपूर्ति कटौती गर्दा सरकारले चुनाव हार्ने भयका कारण महँगोमा किनेर सस्तोमा बेचिएको हो ।
भारतसँग यसरी महँगोमा बिजुली किनेर पूर्वका उद्योगहरुमा आपूर्ति सुनिश्चित बनाउने प्रयास गरिएको छ भने उता वीरगञ्ज र ढल्केबरबाट आउने बिजुली प्रसारण लाइन नभएका कारण औद्योगिक शहर बुटबलमा पुग्दैन ।
नवलपरासीको दुम्कीवासस्थित ४०० केभीको प्रसारण लाइनको एउटा टावर गाड्न स्थानीयले र सर्वाेच्च अदालतले रोक लगाएका छन् । १३२ केभीको प्रसारण लाइनमा सय मेगावाटभन्दा बढी बिजुली प्रवाह नहुने भएकाले २२० केभीको बनाउन थालिएको थियो ।

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_ZUi0UiGC9P_q3yn2wc2fjjttnwfbm8dgacxtqhp9tkvvklyjtb4wosgbtr0pdky5suckhik.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

प्रतिक्रिया