आगलागीबाट २० लाखको क्षति

सुनसरी : सुनसरीको बर्जु गाउँपालिका-६ चिमडीमा बिहीबार साँझ आगलागी हुँदा रु २० लाखको क्षति भएको छ । स्थानीयवासी प्रभु ऋषिदेवको घरमा रहेको विद्युतीय मिटरबाट लाइन चुहिएर आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आगलागीमा परेर स्थानीयवासी प्रभु ऋषिदेव, चोकी ऋषिदेव, विजय ऋषिदेव, सञ्जय ऋषिदेव, बाबुराम ऋषिदेव, लक्ष्मण ऋषिदेव र लवदिया ऋषिदेव गरेर सात परिवारको ११ घर जलेर पूर्णरूपले नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीमा स्थानीयवासीको घर, घरभित्र रहेका अन्नपात, लत्ताकपडा फर्निचरका सामग्री जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको छ । स्थानीयवासी, प्रहरी र विभिन्न ठाउँबाट आएका वारुणयन्त्रको सहयोगमा आगो निभाइएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । सदा समुदायको बसोबास रहेको बस्तीमा आगोले सबै थोक खरानी बनाइदिएपछि उनीहरु खुला अकाशमा बस्न बाध्य भएका छन् । रासस

९ महिनाको पुँजीगत खर्च ३७.५ प्रतिशत

रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब पाएनन्

बाँदर धपाउने क्रममा करेन्ट लागेर मृत्यु

आगलागीमा ६० लाख बराबरको क्षति

ठगी मुद्दाका फरार विक २४ वर्षपछि पक्राउ

नौ महिनामा दुई अर्ब ३५ करोड राजस्व सङ्कलन

बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर

प्रतिक्रिया