रेशम चौधरीको रिहाइ सत्ता स्वार्थका लागि मोलतोलको साधन नबनोस् : भट्टराई
काठमाडौँ : जनता समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेशम चौधरीलगायतको रिहाइ नि:शर्त हुनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै रेशम चौधरीलगायत सबै राजनीतिक बन्दीहरूको रिहाइ तुरून्त र नि:शर्त हुनुपर्ने बताएका हुन् ।
भट्टराईले उनीहरूको रिहाइ क्षणिक सत्ता स्वार्थका निम्ति मोलतोलको साधन बन्न नहुने उल्लेख गरेका छन् । 'रेशम चौधरीलगायत सबै राजनीतिक बन्दीहरूको रिहाइ तुरून्त र नि:शर्त गर ! थारू लगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकारसहितको राज्यपुनर्संरचना हुने गरी संविधान संशोधन गर ! यो जसपाको सर्वसम्मत र निरन्तरको अडान हो ! यो क्षणिक सत्तास्वार्थ निम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस !' भट्टराईले ट्वीट गरेका छन् ।

पूर्वाधार क्षेत्रमा विनियोजित बजेट न्यायसंगत भएनः सांसद बस्नेत

सरकारले सदनलाई निकै हेप्यो : माओवादी प्रमुख सचेतक पाण्डे

संसद् बैठकबाट बाहिरिएपछि रास्वपाले भन्यो- बोल्न नदिइएपछि बहिस्कार गर्यौँ

रास्वपाले संसद् अवरोध गरेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट …

दैलेखमा ग्यास भेटिएपछि प्रधानमन्त्री ओलीले सम्झिए समर्थन र विरोधका थरिथरिका आव…

संसदीय समितिले सुनचाँदी व्यवसायीसँग छलफल गर्ने

प्रतिक्रिया