सुदूरपश्चिममा शीर्षनेताको चुनावी दौडधुप

सुदूरपश्चिम- स्थानीय तहको निर्वाचन आउन थोरै दिन बाँकी रहँदा चुनावी सभालाई सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेताहरूको दौडधुप बढ्न थालेको छ ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख २६ गते धनगढीमा र वैशाख २७ गते गृहजिल्ला डडेलधुरामा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलाली र कञ्चनपुरमा हुने चुनावीसभालाई सम्बोधन गर्न लागेकाे पार्टीका नेता एवं प्रतिनिधिसभाका सदस्य नारदमुनी रानाले जानकारी दिए । कैलालीको धनगढी, बर्दगोरिया र कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा एमालेद्वारा आयोजना गरिने चुनावीसभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आराजु राणा देउवा कैलालीकोे लम्कीचुहा, टीकापुर र गोदावरी नगरपालिकालगायतका क्षेत्रमा सत्ता साझेदार दलद्वारा आयोजित छुट्टाछुट्टै चुनावीसभामा सहभागी भई बुधबार डडेल्धुरा पुगेका छन् । कैलालीका १३ पालिकाका प्रमुख–उप्रमुखमा सत्ता साझेदार कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले चुनावी तालमेल गरेका छन् ।
वडा तहका प्रत्यासीको हकमा भने यी दलबीच तालमेल हुनसकेको छैन । एमालेलगायतका दलले भने एकल रूपमा उम्मेदवारी दिएका छन् । पालिका तहको प्रमुख उपप्रमुखमा गरिएको तालमेलप्रति असहमति राख्दै कतिपय तहमा कांग्रेस, माओवादीका कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया