एमाले बैठक : ओलीको संसदीय दल, खनाल-नेपाल समूहको केन्द्रीय समिति बस्दै

काठमाडौँ : नेकपा एमालेका दुवै पक्षका छुट्टाछुट्टै बैठक आज बस्दैछ । झलनाथ खनाल-माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज कलंकीमा बोलाइएको छ । कलंकीको एक पार्टी प्यालेसमा बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफलगायतका विषयमा छलफल हुनेछ । खनाल-नेपाल समूहले स्पष्टिकरण दिइसकेकाले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
ओली समूहले कारवाही गर्ने चेतावनी दिइरहेका बेला नेपाल समूह अब कसरी अगाडि बढ्छ ? भन्ने चासोका साथ यो बैठकलाई हेरिएको छ । यस्तै एमाले अध्यक्ष ओलीले आज संसदीय दलको बैठक बोलाएका छन् ।
दिउँसो एक बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । संसदलाई कसरी प्रभावकारी बनाउने, विकास निर्माणका कार्यक्रमलाई कसरी अगाडि बढाउने र एमालेको संसदीय दललाई कसरी एक ढिक्का बनाउने भन्ने विषयमा छलफल हुने भट्टराईले बताए । उनका अनुसार आजको बैठकले पार्टीभित्रको आन्तरिक राजनीतिसँगै विकास निर्माणका काममा सांसदलाई केन्द्रित हुन प्रधानमन्त्री ओलीले निर्देशन दिने तयारी छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया