दया र प्रकृतिको ‘बिहे पास’को सुटिङ सुरु

काठमाडौं : दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘बिहे पास’को सुटिङ सुरु भएको छ । निर्देशक प्रवेश पौडेलले विराटनगरको मन्दिरमा पूजा गरेको क्ल्यापबोर्ड फेसबुकमा सेयर गर्दै सुटिङ सुरु गरेको जानकारी गराएका हुन् । फिल्मको सुटिङ विराटनगर वरपरका ठाउँमा हुनेछ ।
‘उत्सव’ खेलेर अष्ट्रेलिया हान्निएकी प्रकृति श्रेष्ठले ६ वर्ष पछि नेपाली फिल्ममा अभिनय गर्न लागेकी हुन् । फिल्ममा उनले दयाहाङ राईको श्रीमतिको भूमिका निर्वाह गर्नेछिन् ।
प्रवेशले यसअघि ‘अमेरिकी ब्वाइज’को निर्देशन गरेका थिए । बीचमा भने उनले मनिष राउत, साम्राज्ञीराज्य लक्ष्मी शाह र आना शर्मालाई लिएर अर्को फिल्म बनाउने घोषणा गरेका थिए । तर, त्यो फिल्म यतावत छाड्दै प्रवेशले ‘बिहे पास’ सुटिङ गर्न लागेका हुन् ।सन् २०१४ मा रिलिज भएको ‘उत्सव’ पछि प्रकृतिले ‘आभाष’ र ‘जिन्दगी रक्स’मा केमियो गरेकी थिइन् ।
रोहित कट्टेलको प्रस्तुति रहेको ‘बिहे पास’मा कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन् । फिल्ममा आकाश बराल, सजन काफ्ले र मर्रे केरको लेखन रहेको छ ।

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ बाट पनि

कस्तो छ हाउसफुलः ५ ?

दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

अन्ततः पिके २ मा रणवीर कपुर एलियनको भुमिकामा देखिने पक्का

प्रतिक्रिया