शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

सनराइज बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकार पोखरामा विशेष छुट

काठमाडौं– आन्तरिक र बाहिरी पर्यटकका लागि पोखरा लेकसाइड सेदी देखि सराङकोटसम्म अन्नपूर्ण केबलकार शुरु भएको परिप्रेक्षमा सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । 


बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै केबलकार  सुविधा प्रयोग गरे बापत छुट पाउने बारेमा सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । 
सम्झौता पश्चात बैंकका ग्राहकहरुले पोखरा स्थित अन्नपूर्ण केबल कारको टिकट खरिद गर्दा सनराइज  बैंकको क्रेडिट वा डेबिड कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको विशेष छुट पाउन सक्ने बैंकले जनाएको छ । 

बैंकले ‘स्मार्ट बनौँ, डिजिटल बैंकिङ्ग गरौ’ अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षा अनुरुप नबिनतम् सेवा सुविधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।