‘मेयरमा विजयी भएपछि सल्लाहकारमा आसेपासे र कार्यकर्तालाई नराख्नुस्’

काठमाडौँ- 'मेयरमा विजयी हासिल गरिसकेपछि सचिवालय सल्लाहकारमा आफ्ना आसेपासे र कार्यकर्तालाई नराख्नुहोस । यहाँ राम्रालाई पाखा लगाएर आफ्नालाई भर्ती गर्ने परम्परा बसेको छ । विषयमा दक्षता हासिल गरेका विज्ञलाई राख्नुहोस ।'
नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिकाका मेयरकी उम्मेदवार बनेकी सिर्जना सिंहसँगको संवादमा यजश्वी राईको सुझाव थियो । उनले मेयरको मातहतमा १४ विभिन्न महाशाखासहित ८६ वटा विभाग हुने बताएकी थिइन् । बिहीबार आयोजित 'हाम्रो चाहना यस्तो नेतृत्त्व , यस्तो काठमाडौँ' अन्तरक्रिया कार्यक्रममा सिंहलाई लक्षित गर्दै स्थानीय तहमा महिला नेतृत्त्वको जरुरी रहे पनि कार्यान्वयन पक्ष एकदमै फितलो रहेको राईको भनाइ थियो ।
उनले सुझाव दिदै अगाडि भनिन्,' यदि विजयी हुनु भयो भने आफ्नो कार्यकाल सुरु भएदेखि समाप्त हुने समयसम्म उत्तराधिकारी जन्माउन सक्नु हुन्छ कि सक्नुहुन्न् ? यदि महानगरमा पुनः नेतृत्त्व चाहिएमा आगामी मेयर कस्तो खालको तयार गर्नु हुन्छ । विजयी भएको दिनदेखि सुरुवात गर्नुहोला ।'
महानगरमा जनसंख्या बिस लाख बढी भए पनि मतदाता ६ लाख भएकाले घरबहालमा बसेकाहरूको निम्ति कस्तो योजना बनाउनु हुनेछ भनी राईले प्रश्न गरेकी थिइन् । घरबहालमा बस्ने भन्दा रैथानेलाई प्राथमिकता दिने जस्तो देखिएको उनले बताएकी थिइन् ।
महिला अधिकारकर्मीहरूले आयोजना गरेको ‘पोलिटीक्स फर सस्टेनएविलिटी’ अन्तरक्रियामा विभिन्न क्षेत्रका महिलाहरू सहभागी थिए । खानेपानी, वातावरण, जनावरलाई संरक्षण गर्ने, पोषण र फोहोर व्यवस्थापनको क्षेत्रमा काम गरिरहेका महिलाहरूको पनि उल्लेख्य मात्रामा सहभागीता थियो ।
कामका कुरा भन्दा पनि व्यवहारिक रुपमा कसरी कार्यान्यवन गर्न सकिन्छ त्यसमा नेतृत्वले ध्यान दिनुपर्ने ‘पोलिटीक्स फर सस्टेनएविलिटी’ संस्थापक सदस्य सिलसिला आचार्यले बताइन् । उनले भनिन्, ' सानो-सानो काम भए पनि दीर्घकालीन काम कसरी गर्न सकिन्छ त्यसका लागि योजना बनाउनु पर्छ ।'
आचार्यले सहरमा विभिन्न वर्गका मानिसहरू बसोबास गर्ने बताइन् । निम्न, मध्यम र धनी वर्ग सबै प्रकारका मानिसका निम्ती बस्न योग्य नगर हुनुपर्ने उनले सुझाव दिइन् ।
'महानगरलाई बालबालिका, महिला तथा वृद्धवृद्धाका लागि बस्न योग्य बनाइनुपर्छ,' मेयरकी उम्मेदवार सिंहलाई सुझाव दिँदै उनले धारणा राखिन्,' यस्ता कार्यक्रम लागू गर्न दिगो योजना बनाउनुपर्छ । विज्ञको राय सल्लाह लिनुपर्छ । यसमा महिलाको नेतृत्वको भूमिका हुन्छ ।'
कार्यक्रममा सहभागी महिलाहरूको जवाफ दिदै सिंहले तपाइ हामीले खोजेको जस्तो काठमाडौँ नभएकाले खोजे जस्तो महानगर बनाउने दाबी गरिन् ।
'महानगरमा समस्या नै समस्याका चाङ छ । जताततै फोहोरको थुप्रो र अस्तव्यस्त सडक, खाल्डाखुल्टी र धुलोधूँवा रहेको छ । अहिले पनि बाटोमा फोहोर थुप्रिएका छन् । बिग्रेका संरचनालाई व्यवस्थित बनाउने पहिलो प्राथमिकतामा राख्नेछु । फोहोरको व्यवस्थापन घरबाट नै गर्ने छु,' उनले भनिन् ।
सिंहले महानगरको प्रशासनिक सेवा सुस्त रहेकाले अब महानगरबासीले घरमा नै बसेर अनलाइनमार्फत सेवा लिन सक्ने वातावरण बनाइने बताइन् । उनले महानगरमा खानेपानीको समस्या रहेकाले सार्वजनिक स्थानहरुमा शुद्ध र निःशुल्क खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाइन् ।
'महागनरभित्रको बाटो धेरै हिड्छौं । बाटोका पसलमा मिनिरल पानी देख्छौं । पैसा नहुनेले सित्तैमा पानी खान पाउँदैन । त्यसलाई मध्यनजर राखेर सार्वजनिक स्थानहरुमा शुद्ध निःशुल्क खानेपानीको व्यवस्था गर्ने छु,'सिंहले अगाडि थपिन् ।
महिलामैत्री हुने गरी निःशुल्क शौचालय बनाउने पनि उनले बताइन् । शौचालयमा स्यानटरी प्याडको व्यवस्था गरिदिने उल्लेख गरिन् । महानगरबासीका लागि छुट्टै सुविधासम्पन्न अस्पताल बनाउने पनि सिंहले सुनाइन् ।
महानगरलाई हरियाली बनाउने अवधारणा ल्याउने सुनाइन् । 'हरेक महिलाले आफ्नो सन्तानको जन्म हुँदा रुख रोप्ने नीति लागू गर्छु । एउटा एउटा रुखको कारण महानगर हरियाली बन्न सक्छ,' आफू आमा बन्दा रुख रोपेको सम्झदै भनिन्,' मैले पनि सन्तान जन्मदा बिरुवा रोपेको थिए । अहिले छोरालाई देखाएर ठूलो भएको सुनाउँने गरेकी छु ।'
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया