गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्स्नाले गरे विवाह

काठमाडौँ - गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्स्ना योगीले विवाह गरेका छन् । दुवैले बिहीबार पारिवारिक समारोहमा वैदिक विधि अनुसार जीवनसाथी बन्ने कर्मकाण्ड पूरा गरेका हुन् ।
डेढ दुई वर्षयताको प्रेमलाई दुवैले विवाहमा रुपान्तरण गरेका हुन् । महामारीयताका थुप्रै इभेन्टमा स्वप्न सुमन र ज्योत्स्नालाई सँगै देखिन्थ्यो । सन् २०१२ बाट कभर गीत गाउँदै गायनमा प्रवेश गरेका स्वप्न सुमनले 'म तिम्रो’, ‘दी कफी सङ’, ‘के सारो राम्री भाको’, ‘ए हेलो’, ‘थाहै भएन’, ‘जाने कुरा नगर’जस्ता गीत गाएका छन् ।
ज्योत्स्ना योगीले पनि कभर सुटसँगै म्युजिक भिडियो मोडलको रुपमा करिअर अगाडि बढाएकी हुन् । 'हाम्रो मिलन', 'फ्लर्टी माया', 'तिमी नै तिमी', 'समय' आदि गीतमा मोडलिङ गरेकी उनले 'म त तिम्रै हुँ' शीर्षकको फिल्मबाट डेब्यू गरेकी थिइन् । यो फिल्मलाई अनमोल केसीले निर्माण गरेका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया