कैलालीमा केरा पकाउने उद्योग सञ्चालन

धनगढी : कैलालीमा साढे ३ करोडको लागतमा केरा पकाउने उद्योग सञ्चालनमा आएको छ । टीकापुर-२ बन्दीपुरमा केरा पकाउने च्याम्बर उद्योग सञ्चालनमा आएको हो । उद्योगमा एक पटकमा ३०/३० टनका ५ वटा चेम्बरमार्फत केरा पकाउन सकिने प्रबन्ध निर्देशक वीरेन्द्र ढुंगानाले जानकारी दिए ।
च्याम्बर निर्माण गर्न रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरले एक करोड ९० लाख अनुदान सहयोग गरेको छ भने उद्योग निर्माण कम्पनी कर्णाली कृषि सेवा प्रालिले एक करोड ६६ लाख लगानी गरेको छ ।
‘केरा पकाउन विषादीको प्रयोग हुने गरेको थियो अब उपभोक्ताले विषादी रहित च्याम्बरमा पकाएको स्वस्थ केरा खान पाउने भएका छन्,’ उद्योगका निर्देशक ढुंगानाले भने । उनले च्याम्बरमा १६ देखि २३ डिग्री सेल्सियस तापक्रममा चार दिनमा केरा पकाउने सकिने बताए ।
आँप, गोलभेडा र मेवा पनि पकाउनुका साथै उत्पादित तरकारी भण्डारण गर्न पनि सकिने भएकाले च्याम्बरलाई बहुउद्देश्यीय रुपमा प्रयोग गर्ने योजना बनाएको उनले बताए । रानी जमरा कुलरिया सिँचाई आयोजना कृषितर्फका प्रमुख भरत कँडेल च्याम्बर सञ्चालनपछि किसानलाई मात्र नभइ उपभोक्ताको स्वास्थ्यका लागि फाइदाजनक हुने बताए ।

पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_zjfVErxwTE_ghjmkierbmitu8bq5nw8udhta6uedanbq5rti2vaydqbqnbgv8gxzalpvl0a_lie23lTdps_2gab2x5qqoxl0ee26hmese5tgx7ihf6o7pdyvz5pqywb5v3cosuwvcrkgdpp_DphkoxqMaL_0ad5itffvzu3neuhcqfhivfp6gnn2aw9asausvcsbbztabgnghxddnw0hwhk_NEsso8N7Jd_lyjvjsgbrse5y3bqhvwo20bs7jr2e07fdxjyrw3yzvz8pw9ndkuouhge1kzu.jpg)
बाढीको त्रास : लठ्ठागौरीका बासिन्दा त्रिपाल टाँगेर बस्न बाध्य

बाख्रापालनमा जमेका चन्द दम्पती

बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

बंगुरका पाठापाठी बेचेर वार्षिक १२ लाख आम्दानी

टीकापुरका महिला जनप्रतिनिधिहरू भन्छन्- आफ्नो भूमिकाको ज्ञान भयो

कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका

प्रतिक्रिया