सनराइज बैंकको सनराइज दोब्बर मुद्दती योजना

काठमाडौँ- सनराइज बैंकले सनराइज दोब्बर मुद्दती योजना ल्याएको छ ।
आफ्नो बचतलाई निश्चित अवधिमा उच्चतम ब्याजदर प्रदान गर्न व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम १ लाख रूपैँया जम्मा गरी मुद्दती खाता खोल्न सक्नेछन् । यो योजना अन्तर्गत सो रकम ७७ महिनामा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सकिने बैँकले जनाएको छ ।
मुद्दती योजनाको अन्तरालमा ग्राहकलाई रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन पनि सकिनेछ । यस्तै विशेष सुविधाहरु ग्राहकलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क मिनाहा गरिएको साथै उपलब्धताका आधारमा लकरको वार्षिक शुल्कसमेत मिनाहा गरिएको बैँकले जनाएको छ ।

राष्ट्र बैंकका निर्देशक भट्टले दिए राजीनामा, गभर्नर बन्दै

सुनको मूल्य ८ सय रूपैयाँले घट्यो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

सुन तोलाको १ लाख ९० हजार नाघ्यो

केएनपी कारखानाको जापानी राजदूतद्वारा अवलोकन

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया