काठमाडौँ महानगरमा कुल ८२६ उम्मेदवारको नाम दर्ता, सबैभन्दा धेरै वडा १५ मा

काठमाडौँ- वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको वडा १५ मा ३३ जना उम्मेदवारको नाम दर्ता भएको छ । महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा १५ मा सबैभन्दा बढी उम्मेदवारको मनोनयन दर्ता भएको हो । कार्यालयले ८ सय २६ जना प्रत्याशीको नाम अन्तिम नामावलीमा प्रकाशित गरेको छ ।
त्यसैगरी, वडा ७ र ३१ मा ३१/३१ जना उम्मेदवार छन् । वडा १७ र २९ मा २८/२८ जना उम्मेदवार प्रतिस्पर्धी छन् । ठूला वडा ४, १०, १४ र २६ मा २६/२६ जना प्रतिस्पर्धी छन् ।
सबैभन्दा कम वडा १३ मा १५ र २३ मा १६ जना उम्मेदवार प्रतिस्पर्धी छन् । तेस्रोमा २१ र २२ वडामा २२/२२ जना उम्मेदवार छन् । १९ र २८ मा १९/१९ जना उम्मेदवार छन् । बाँकी वडामा १९ जनाभन्दा धेरै र २६ जनाभन्दा कम उम्मेदवार छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगरपालिकामा मात्र ८ सय २६ जना प्रत्याशीको नाम अन्तिम नामावलीमा प्रकाशित गरेको छ ।
स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ अनुसार काठमाडौँ महानगरको प्रमुख पदमा राष्ट्रिय मान्यता प्राप्त दलबाट ३ राष्ट्रिय दलका रुपमा मान्यता प्राप्त नगरेका दलबाट १७ र स्वतन्त्रबाट ३५ गरी ५५ जनाको उम्मेदवारी परेको छ ।
उपप्रमुखमा राष्ट्रिय मान्यता प्राप्त दलबाट २ जना, राष्ट्रिय मान्यता प्राप्त नगरेका दलबाट ९ जना र स्वतन्त्र १९ गरी ३० जनाको उम्मेदवारी परेको छ । एक वडामा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरी पाँच पद हुन्छन् । महानगरका ३२ वडामा १६० पद छन् । ती पदमा ७४१ जनाको उम्मेदवारी परेको छ ।
राष्ट्रिय मान्यता प्राप्त दलबाट ५ सय ६, राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका दलबाट १ सय ७७ र ५८ जनाको स्वतन्त्र उम्मेदवारी रहेको सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार अध्यक्ष पदमा २१० जनाको, सदस्य पदमा २९८ जनाको, महिला सदस्य पदमा १४५ जनाको र दलित महिला सदस्य पदमा ८८ जनाको उम्मेदवारी परेको छ । वडा २४ र २५ वडामा दलित महिला सदस्य पदमा कुनै पनि उम्मेदवारी परेन ।
स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची ५ मा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल सम्बन्धी र अनुसूची २६ मा राष्ट्रिय मान्यता प्राप्त नभएका दल सम्बन्धी व्यवस्था छ । यसै गरी निर्देशिकाको दफा ५७ को उपदफा ६ मा स्वतन्त्र उम्मेदवार सम्बन्धी व्यवस्था छ ।

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

युरोपका नेपाली समुदायलाई प्रधानमन्त्रीको आग्रह : ‘सक्दो छिटो स्वदेश फर्कनुस्’

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

प्रतिक्रिया