तीन बुँदे सहमतिपछि पहिलो पटक चन्द नेकपाका एक नेता पक्राउ

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । चन्द नेकपाका मेची-कोसी ब्यूरो इन्चार्ज प्रकाशकाअनुसार जिल्लाको फुङलिङ बजारमा हिँडिरहेको लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । यता प्रहरीले भने प्रतिबन्धकै अवस्थामा हातहतियारसम्बन्धी मुद्दा रहेकोले पक्राउ गरिएको जनाएको छ ।
सरकार र चन्दबीच भएको तीन बुँदे सहमतिपछि आफ्ना नेता-गिरफ्तार हुनुले सहमतिप्रति सरकारको इमान्दारितामाथि प्रश्न उठेको प्रकाशद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सहमतिअनुसार हिरासतमा रहेका नेता कार्यकर्ता समेत छुट्न नसकेको अवस्थामा पुनः पार्टीका नेता गिरफ्तार हुनुले सरकारको नियमप्रति शंका गर्ने अवस्था पैदा भएको विज्ञप्तिमा उल्लेख छ ।

९ महिनाको पुँजीगत खर्च ३७.५ प्रतिशत

रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब पाएनन्

बाँदर धपाउने क्रममा करेन्ट लागेर मृत्यु

आगलागीमा ६० लाख बराबरको क्षति

ठगी मुद्दाका फरार विक २४ वर्षपछि पक्राउ

नौ महिनामा दुई अर्ब ३५ करोड राजस्व सङ्कलन

बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर

प्रतिक्रिया