सुदूरपश्चिम सरकार फाल्नुपर्छ : लेखराज भट्ट

धनगढी : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुने बताएका छन् । शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टले पार्टीमा सरकार फेरबदलको विषयमा छलफल हुने र छिट्टै निष्कर्ष निस्कने बताएका हुन् ।
‘सुदूरपश्चिम सरकारको विषयमा अहिले केही हामीले भनिरहनुपर्छ जस्तो लाग्दैन,’ मन्त्री भट्टले भने, ‘अब छलफल गर्छौ। यो सरकारले गति लिन सकेको छैन । अब चाहिँ यसलाई फाल्नुपर्छ भन्ने आम जनताको पनि सोच छ ।’
लेखराज भट्टकै लविङमा मुख्यमन्त्री भएका त्रिलोचन भट्ट नेतृत्वको सरकार सुदूरपश्चिममा छ । मन्त्री भट्ट पूर्वमाओवादी केन्द्रका नेता हुन् । अहिले प्रधानमन्त्री केपी ओली नजिक भएपछि उनलाई नेकपा (एमाले) को प्रदेश इन्चार्ज बनाइएको छ । मुख्यमन्त्री भट्ट भने प्रचण्ड निकट छन् ।
मन्त्री भट्टले एमालेका नेता माधव कुमार नेपाललगायतका नेताका विषयमा स्पष्टीकरणपछि मात्रै कारबाहीको प्रक्रियाअगाडि बढ्ने बताए । उनले उक्त पक्षका नेताहरूका लागि एमालेको ढोका खुल्ला रहेको बताए ।
‘माओवादी केन्द्रले सरकारमा आफ्नो समर्थन फिर्ता लिएको छैन,’ उनले भने, ‘त्यसैले अहिले नै संघीय सरकारमा ठूलै फेरबदल हुने देखिएको छैन। तर अहिलेको अवस्था हेर्दा विगतमा लिइएको संसद् विघटनको निर्णय नै ठीक थियो जस्तो लागिरहेको छ । भोलि पनि नयाँ जनादेशकै लागि हामी जान सक्छौं ।’
मन्त्री भट्टले कोरोना भाइरसको संक्रमण जोखिम फेरि बढेको बताउँदै तत्काल लकडाउन भने नहुले समेत बताए । ‘फेरि लकडाउन हुँदैन । थप सतर्कता अपनाउने तयारी छ ।’

प्रतिनिधिसभाको बैठक बस्दै

हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यकः सञ्चारमन्त्री गुरुङ

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

प्रतिक्रिया