जोखिम माेलेर विद्यालय पुग्छन् मुगुका बालबालिका

मुगु - मुगुको एक विद्यालयका विद्यार्थी जोखिम यात्रा गरेर विद्यालय पुग्न बाध्य भएका छन् । छायाँनाथ रारा नगरपालिका-३ मा रहेको मालिका आधारभूत विद्यालय साँया खोलाका बालबालिकाहरू विद्यालयसम्म पुग्न जोखिम मोल्न बाध्य छन् । विद्यालयका करिब ६८ जना विद्यार्थीहरू ३० मिटरसम्म भिरालो र साँघुरो बाटोबाट भएर विद्यालय आउजाउ गर्न पुग्न बाध्य छन् ।
कक्षा १ देखि ५ सम्म पढाई हुने विद्यालयमा साना बालबालिकाहरू जोखिम यात्रा गरेर पढ्न बाध्य भएका हुन् । वर्षाले गर्दा बाटो पनि बिगार्दा विद्यालय जान गाह्राे भएकाे कक्षा ४ मा अध्ययनरत् चाउली तिरुवाले बताइन् । छायानाथ रारा नगरपालिकालाई बाटो निर्माणको लागि पहल भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंगबहादुर विकले बताए ।
मालिका आधारभूत विद्यालयमा खानेपानीको पनि समस्या छ । सडक मर्मत गर्ने क्रममा खानेपानीको पाइप काटिदिएकाले करिब पाँच महिनादेखि विद्यार्थीलगायत शिक्षकले विद्यालयको धाराको पानी उपभोग गर्न नपाएको अध्यक्ष विकले बताए ।

प्रभावकारी बन्दै सिक्दै कमाउँदै

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय आज र भोलि बन्द

अत्यधिक गर्मीले इनरुवा र इटहरीका विद्यालयमा बिदा

गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

प्रतिक्रिया