अनिल परियारको शव पोष्टमार्टका लागि भरतपुर अस्पताल लगियो

चितवन- धारिलो हतियार प्रयोग गरी हत्या गरिएका भरतपुरका अनिल परियार (कान)को शव पोष्टमार्टका लागि भरतपुर अस्पताल लगिएको छ । हत्यामा संलग्नलाई तत्काल पक्राउको माग गर्दै कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेका थिए ।
बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको रोहवरमा परियारको शव पोष्टमार्टम गर्न कार्यकर्ताहरुले सहमति दिएका हुन् । सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको लागि पहल गर्ने श्रेष्ठले आश्वासन दिएपछि परियारको शव चितवन मेडिकल कलेजबाट निकाल्न दिइएको हो ।
हत्याको विरोधमा भरतपुरमा एक घण्टा चक्का जाम गरिएको थियो भने कार्यकर्ताले एउटा म्याजिकमा तोडफोड पनि गरेका छन् । भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर खेल मैदान नजिकै आइतबार राति करिब साढे ७ बजेको समयमा अज्ञात समूहले परियारलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेको हो ।
घटनास्थलमा गोलीको दुईवटा खोका पनि फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए । ‘घटना हुनुमा अहिलेसम्म कुनै राजीनितिक कारण देखिएको छैन्’, उनले भने, ‘पीडितको पक्षबाट जाहेरी आएपछि पोष्टमार्टमको काम हुन्छ ।’ परियारलाई उनकै साथीले घटनास्थलसम्म लगेको खुलेको उनले बताए ।
उपचारका लागि चितवन मेडिकल कलेजतर्फ लैजाँदै गर्दा परियारको मृत्यु भएको हो । नेपाली कांग्रेस चितवन र विभिन्न भ्रातृ संगठनले सोमबार विज्ञप्ति निकालेर हत्यामा संलग्नलाई छिटोभन्दा छिटो पक्राउ गरेर कडा कारबाही गर्न माग गरेका छन् ।
भरतपुर–१२ निवासी परियारको हत्या निर्वाचनसम्बन्धी विषयका कारण नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताएका छन् । एसपी अधिकारीले भने, ‘अहिलेसम्म चुनावसँग सम्बन्धित देखिएको छैन, हामी अनुसन्धान गर्दै छौं ।’ परियार ज्यान मार्ने उद्योगमा जेल बसेर गत वर्ष रिहा भएका थिए ।
उनको भारतीय गुण्डाहरुसँग राम्रो चिनजान थियो । उनी बेलाबखत भारत जाने र भारतीय साथीहरु पनि चितवन आइरहने गरेको स्रोत बताउँछ । प्रारम्भिक अनुसन्धानका क्रममा उनको हत्यामा भारतीय एक नागरिकको पनि संलग्नता रहेको प्रहरीको आंशका छ । सोही व्यक्तिलाई पक्राउ गर्नका लागि चितवन प्रहरीले सबै प्रहरीलाई सर्कुलर जारी गरेको छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया