लडेर घाइते भएका मुख्यमन्त्री शाहीलाई हेलिकोप्टरबाट सुर्खेत लगियो

सिमकोट : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएपछि थप उपचारका लागि सुर्खेत लगिएको छ । कर्णाली प्रदेश सरकारले शुरु गरेको जनतासँग मुख्यमन्त्री भन्ने टेलिभिजन कार्यक्रमको छायांकनका लागि सिमकोट गाउँपालिका वडा नं ३ को लिमाटाङ जाने क्रममा मुख्यमन्त्री शाही लडेर सामान्य घाइते भएका थिए । घाइते शाहीलाई हेलिकोप्टरबाट सुर्खेत लगिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिए ।
सिमकोटबाट गाडीमा गएका मुख्यमन्त्री शाहीलाई आधा बाटोबाट घोडा चढाइएको थियो । उनी चढेको घोडा तर्सिदा शाही लडेर घाइते भएको घटनास्थलमा भएका नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अर्जुन बोहराले जानकारी दिए । (रासस)

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_ydfsVd1bhH_yhferygeypkuwetszdvzeqzrfmcuw792b2fjpktwfhdfjjg55tv5ffkv4c5i.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया