पार्टी एकतालाई ध्यान दिनुपर्छ : वरिष्ठ नेता खनाल

काठमाडौँ : नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले हदैसम्म लचिलो भएर पार्टी एकतालाई ध्यान दिनुपर्ने बताएका छन् ।
झलनाथ-माधव समूहको केन्द्रीय सदस्यको शुक्रबार आयोजित भेलालाई सम्बोधन गर्दै उनले एकतालाई आफूहरुले जोड दिएपनि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले त्यसतर्फ ध्यान नदिएको आरोप लगाए ।
उनले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलादेखि अहिलेसम्म एकताका लागि कुनै पनि प्रयास नगरेको र वातावरणसमेत नबनाएको बताए ।
एमालेका नेता माधवकुमार नेपालले एकताका लागि कुनै कसुर बाँकी नराखी पहल भइरहेको जानकारी दिए ।
उनले अदालतको गरेको फैसला स्वीकार गरेर अघि बढिरहेको र पार्टीको अहिलेसम्मको इतिहास, माया जोगाउन जनताको आशा र भरोसालाई बुझेर पार्टीलाई अगाडि बढाउनुपर्नेमा बताए ।
भेलाका सहभागीले भोली आआफ्नो धारणा राख्ने कार्यसूची रहेको केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिए ।

देशमा बहुआयामिक र चौतर्फी रूपमा विकास गर्दैछौँ : प्रधानमन्त्री ओली

प्राकृतिक प्रकोपपछिको उद्दार र राहतका लागि तयारी रहन कार्यकर्तालाई प्रचण्डको आग्…

इरान-इजरायल युद्ध : नेपाल फर्कन चाहनेलाई सरकारले उद्दार गर्ने

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

भिजिट भिसा प्रकरणमा माओवादीसँग सहमति भइसक्यो, अरू दलसँग सहमति गर्न आवश्यक छै…

कात्तिकको दोस्रो साता उपनिर्वाचन गर्ने प्रस्ताव

प्रतिक्रिया