सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

मुम्बई अस्पतालमा आगलागी : ९ को मृत्यु

भारतको मुम्बई शहरमा रहेको कोभिड–१९ अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुने व्यक्तिको संख्या नौ पुगेको छ । अझै केही व्यक्ति फसेको अनुमान गरिएको छ । 

बिहीबार राती भएको यस आगलागीमा परेका अन्य छ जनाको शव निकालिएपछि मृतकको संख्या नौ पुगेको  प्रहरी उप निरीक्षक प्रशान्त कदमले सिन्ह्वा समाचार समितिलाई बताए । अझै पनि केही व्यक्ति फसेका अनुमान गरिएको पनि प्रशान्तले बताए । 

कोभिड प्रकोपको दोस्रो लहर आइरहेको यस अवस्थामा पुनः कोरोना अस्पतालमा नै आगलागी भएको छ ।  (सिन्ह्वा)