इलामसँग जोडिएका भारतीय नाका बन्द गरिने

इलाम - आसन्न निर्वाचनलाई लक्ष्य गरी इलामसँग जोडिएका भारतीय सीमा आज रातिदेखि बन्द गरिने भएको छ । सूर्योदय नगरपालिका–२ पशुपतिनगरको फाटकसहित र सन्दकपुर गाउँपालिका बिभिन्न नाकामा आवतजावतमा रोक लगाइने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाद्वारा जारी सूचनामा आज रातिदेखि वैशाख राति १२ बजेसम्मका लागि नाका बन्द गरिने उल्लेख गरिएको छ ।
यसैबीच निर्वाचनलाई मध्यनजर गरी आजदेखि मादक पदार्थ बिक्री र सेवनमा समेत रोक लगाइएको छ ।
मदिरा सेवनका कारण विभिन्न खालका दुर्घटना हुनसक्ने भएकाले मदिरा कारोबार र सेवनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
रासस

धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

करेन्ट लागेर माओवादीका गाउँपालिका कार्यसमिति सदस्यको मृत्यु, अर्का एक जना घाइ…

‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी पुर्याउने लक्ष्य छ’

हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

प्रतिक्रिया