सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

४४ अंक बढेर नेप्से २३१३ मा उक्लियो

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज नेप्से मंगलबारको कारोबारमा उल्लेख्य सुधार भएको छ।  साताको तेस्रो कारोबारमा सेयर बजार ४४.१६ अंकले बढेको हो ।  निरन्तर ओरालो लागेको बजार यस साताको पहिलो कारोबार देखिनै सुधार देखिएको छ। ४४ अंकले बजार बढ्दा बजार मापक परिसूचक २३१३ अंकमा उक्लिएको छ।

मंगलबारको कारोबारमा सेयर बजार मापक परिसूचक १.९५ प्रतिशतले बढेको छ भने 'क' वर्गका कम्पनीहरूको सेयर मूल्य मापक परिसूचक ७.६७ अंकले बढेर ४४७.१४ अंकमा उक्लिएको छ।  

आज कारोबार भएका २ सय २६ कम्पनीहरू १ सय ८१ ओटा कम्पनीको सेयर उकालो लागेको छ भने ९ कम्पनीको सेयर मूल्य घटेको छ।

अघिल्लो दिनको कारोबारमा १ अर्ब ३९ करोडको कारोबार भएको बजारमा मंगलबार भने सामान्य घटेको छ। आज १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४ सय ६९ रूपैयाँ बराबरको ३३ लाख ३० हजार १ सय ५० कित्ता सेयर २६ हजार ५ सय ६५ पटक कारोबार भएको छ।

४४ अंकले परिसूचक बढ्दा ३ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ । आज जाल्पा सामुदायिक लघुवित्त, ङादी ग्रुप पावर, तथा वरुण हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको छ।

अन्य बढी कारोबार हुने कम्पनीहरूमा युनिभर्सल पावर कम्पनी, दिव्यश्वरी हाइड्रो, नेशनल हाइड्रो लगायतका कम्पनी रहेका छन्।

उप-समूहहरूमा सबै समूहको सेयर मूल्य बढेको छ ।

उप-समूह

हाल

परिवर्तन

प्रतिशतमा

Banking

1,569.51

22.55

1.46  

Trading

2,074.40

14.41

0.7  

Hotels And Tourism

2,971.84

36.86

1.26  

Development Bank

4,018.15

103.6

2.65  

HydroPower

2,624.69

96

3.8  

Finance

1,707.23

54.09

3.27  

Non Life Insurance

10,197.98

124.05

1.23  

Manu.& Pro.

5,424.06

62.97

1.17  

Others

1,779.63

35.11

2.01  

Microfinance

4,724.62

86.5

1.87  

Life Insurance

11,937.65

236.81

2.02  

Mutual Fund

15.47

0.05

0.34  

Investment

75.83

1.7

2.29