बैकिङ कसुरमा फरार महिला पक्राउ

लमजुङ – बैकिङ कसुर मुद्दाका एक जना फरार महिला पक्राउ परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले स्थानीय प्रहरीको समन्वयमा लमजुङको दोर्दी गाउँपालिका-४ पाचोक घर भएकी ३० वर्षीया हस्तीमाया गुरुङलाई लुकीछिपी बसेको सूचनाको आधारमा २४ वैशाखमा काठमाडाैं बालाजुबाट पक्राउ गरेको हो ।
पक्राउ परेकी गुरुङलाई उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा तीन दिन कैद र तीन लाख ९४ हजार जरिवाना तोकेको थियो ।
तर, गुरुङले जरिवाना बापतको रकम दाखिला गर्न नसकेको हुँदा जरिवाना समेतको रकमलाई कैदमा निर्धारण गरी सम्मानित अदालतको आदेशले निजलाई तीन वर्ष ६ महिना २१ दिन कैदमा राख्ने गरी मंगलबार लमजुङ जिल्ला अदालतबाट कैद भुक्तान गर्न कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले बताए ।
उच्च अदालत पाटनले ८ वैशाख ०७८ र २३ फागुन ०७८ मा फैसला गरेदेखि गुरुङ फरार थिइन् ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया