अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडन विजयी

काठमाडौं : विश्व शक्ति अमेरिकाको राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएका छन् । रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्र्याटिक पार्टीका उम्मेदवार बाइडेन राष्ट्रपति निर्वाचनमा विजयी भएका हुन् । पेन्सिल्भेनिया राज्यमा विजयीसँगै उनले ह्वाइटहाउसकाे यात्रा तय गरे ।पेन्सिल्भेनिया २०१६ को मत उल्टाएसँगै डेमोक्र्याटिकका बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्न आवश्यक मत हासिल गर्न सफल भएका हुन् । बाराक ओबामाको आठ बर्षे कार्यकालमा उपराष्ट्रपति रहेका ७८ वर्षीय बाइडन अमेरिकाका सबैभन्दा बढी उमेरका राष्ट्रपति हुनेछन् ।
अमेरिकी राष्ट्रपतिमा जित पक्का भएसँगै बाइडेनको एक ट्विट गरी आफूलाई चुनेकामा अमेरिकी नागरिकप्रति आभार प्रकट गरेका छन् । ‘हाम्रो अघिको यात्रा कठीन छ, तर म प्रतिज्ञा गर्दछु, सबै अमेरिकीको राष्ट्रपति बन्नेछु, तपाईँले मत दिए वा नदिए पनि,' उनले ट्विटमा लेखेका छन्, 'म माथि तपाईँहरुले गर्नुभएको विश्वासलाई कायम राख्नेछु ।’ उनले यो महान् राज्यलाई नेतृत्व गर्ने मौका दिएकामा आफू सम्मानित महसुस गरेको समेत बताए ।
‘हाम्रो अघिको यात्रा कठीन छ, तर म प्रतिज्ञा गर्दछु , म सबै अमेरिकीको राष्ट्रपति बन्नेछु, तपाईँले मत दिए वा नदिए पनि ।'
अमेरिकामा यो जितलाई लोकरिझ्याईबाद र दम्भको राजनीतिको अन्त्य समेत भनिएको छ । तर बाइडनका सामु कानुनी चुनौतीहरू धेरै बाँकी रहेको बीबीसी र सीएनएनले जनाएका छन् । ‘ब्याटल राज्य’को रुपमा नै लिइएको पेन्सिल्भेनियामा महत्वपूर्ण जित हासिल गरेपछि उनीले २ सय ७३ इलेक्ट्रोरल कलेज मत पाए । जवकी जीतका लागि २ सय ७० मत नै प्रयाप्त थियो । उनले वर्तामान राष्ट्रपति रिपब्लिकनका प्रत्यासी ट्रम्पलाई सर्वाधिक मत ल्याएर पनि हार ब्यहोर्न पर्ने राष्ट्रपतिमा दर्ज गराए ।
२० इलेक्टोलर सिट भएको पेन्सेल्भिनियामा बाइडेनले सहज अग्रता बनाएसँगै राष्ट्रपतिमा उनको चयन निश्चित भएको सिएनएनले जनाएको हो । सबै स्थानबाट बाइडनलाई बधाई तथा शुभकामना समेत आउन थालिसकेको छ । १६ सिट भएको जर्जियामा झिनो मतका साथ अग्रस्थानमा रहेको भएपनि ११ सिट रहेको एरिजोना र ६ सिट भएको नेभाडामा बाइडेन सहज अग्रतामा छन् ।
यो अग्रता र जीतसँगै वर्तमान राष्ट्रपति ट्रम्पले अघिल्लो निर्वाचनमा जित हासिल गरेका विस्कन्सिन र मिसिगन जितेसँगै बाइडेनका लागि ह्वाइट हाउसको यात्रा सहज बन्दै गएको थियो । विस्कन्सिन, मिसिगन र पेन्सेल्भिनिया पनि वाइडेनको बन्न सकेपछि झन सहजता थपिएको हो ।
आगामी जनावरी २० देखि ह्वाइटहाउस प्रवेशसँगै बाइडनले ट्रम्पलाई गर्ने विदाईको पर्खाइमा अमेरिकी जनता छन् । अव कानुनी प्रक्रिया पुरा गर्दै उनी ४६ औं अमेरिकी राष्ट्रपतिको रुपमा रहनेछन् । प्रतिस्पर्धात्मक निर्वाचनमा ट्रम्पलाई पराजित गर्दै उनले ह्वाइटहाउसको यात्रा तय गरेका हुन । उनले जीत निश्चित भएपनि ट्रम्पले हार स्वीकार नगर्ने संकेत गरेका छन् ।
एक सय ३० वर्ष यता अमेरिकामा सबैभन्दा बढी मतदान । बाइडन सबैभन्दा बढि मत ल्याउने राष्ट्रपतिको सूचिमा ।
यो नतिजाले ट्रम्पलाई सन् १९९० यता पहिलो एक कार्यकालमात्रै शासन गर्ने अमेरिकी राष्ट्रपति बनाएको छ । निकै निराश र रिसाएका ट्रम्पले बाइडनलाई विजयी घोषणा नगर्न समेत चेतावनी दिएका थिए । एक सय ३० वर्ष यता अमेरिकामा सबैभन्दा बढी मतदान भएको हो । बाइडन सबैभन्दा बढि मत ल्याउने राष्ट्रपतिको सूचिमा अगाडि हुनेछन् । उनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरिसकेका छन् । ट्रम्पको लगभग सात करोड छ, जुन इतिहासमै राष्ट्रपतीय उम्मेदवारले पाएको दोस्रो ठूलो मत हो । उनी सबैभन्दा बढि मत ल्याएर हार्ने राष्ट्रपतिको पहिलो सूचिमा रहनेछन् ।
मतगणना जारी रहँदा नै लगातार ट्रम्पले आफूले जितेको भन्दै धाँधली भएको समेत भन्न भ्याए । उनी अदालत सामु समेत प्रस्तुत भए तर उनी गलत सावित हुँदै गए । उनको पक्षबाट केही राज्यहरूमा दायर भए पनि मतगणना जारी रह्यो । कतिपय मुद्दा दायर गरिएको छ र शुक्रवार नै बाइडनले जित्ने संकेत देखिए पछि निर्वाचन अन्त्य नभएको विज्ञप्ति समेत ट्रम्प समर्थकले बाहिर ल्याए ।
कोरोनाभाइरसको जोखिमबीच सम्पन्न निर्वाचनले अमेरिकालाई भने दुई खेमामा बाँडेपनि अव केही नीतिमा सुधार हुन सक्नेछ । एसिया नीतिमा फरक पन पक्कै दखिनेछ । अमेरिकीभरि कोरोनाभाइरसको सङ्क्रमण र मृत्यु बढिरहेको बेला सम्पन्न यो निर्वाचनमा बाइडनले जिते लकडाउन हुने र आर्थिक मन्दी हुने ट्रम्पको दावी रहेको थियो । बाइडनले भने राष्ट्रपति ट्रम्पलाई कोरोनाभाइरस नियन्त्रण गर्न यथेष्ट कार्य गर्न असफल रहेको आरोप लगाएका थिए ।
अमेरिकामा पहिलो अश्वेत महिला उपराष्ट्रपति
बाइडन अमेरिकाको राष्ट्रपतिमा विजयीसँगै पहिलो अश्वेत अमेरिकी उपराष्ट्रपतिमा कमला ह्यारिस चयन भएकी छन् । उनी जमैकन अमेरिकी पिता र केरलियन आमाकी छोरी हुन् । उनको जितका लागि केरालामा दिपावली र पूजापाठ समेत गरिएको थियो । उनकै दलबाट उपराष्ट्रपतिको उम्मेदवार कमलाकाे जितले अमेरिकामा अर्काे नयाँ इतिहास रचेकी हुन । उनी अमेरिकामा पहिलो पटक महिला उपराष्ट्रपति निर्वाचित भएकी छन् ।
कुनैबेला राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई नै चुनौती दिएकी कमला उनकै उपराष्ट्रपति
कमला उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियाली अमेरिकन हुन् । इन्डियन-जमैकन मूलकी क्यालिफोर्नियाकी सांसद यसअघि त्यहाँ महान्यायाधिवक्ता समेत भैसकेकी छन् । उनले कुनैबेला राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई नै चुनौती दिएकी थिइन् । राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपनि उनी सधैँ चर्चामा रहिन ।
देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गरिरहेकी थिइन् । अमेरिकामा हालसम्म अन्य दुईजना महिलाहरू मात्र उप-राष्ट्रपतिका लागि उम्मेदवार बनेका छन् । साराह पालिन सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट र जेरल्डिन फरारो सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट उप-राष्ट्रपतिका प्रत्यासी बनेका थिए ।
बाइडन प्रखर वक्ता
ओबामा प्रशासनमा उपराष्ट्रपति बाइडन सन् १९७३ देखि सन् २००९ सम्म डेलावेयरबाट निरन्तर सिनेटर थिए। हुनत उनले ३३ वर्षअघि नै अर्थात सन् १९८८ मा राष्ट्रपतीय चुनावको प्रत्याशीमा आफ्नो अभियान अघि बढाएका थिए । त्यतिबेला नै बलियो दाबेदार ठानिएका उनी माथि भाषण नक्कल गरेकाे आरोप लाग्याे।आरोप लगत्तै उनले अभियान नै त्यागे ।
सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्षसमेत रहेर लामो समय काम गरेका बाइडनले ४५ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतासँग भेटेका छन् । विदेश मामिलामा लामो अनुभव उनको छ। उनले सन् १९९१ मा पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका उनले सन् २००३ मा इराक अतिक्रमणको समर्थन गरेका थिए । त्यसबा६ उनको अनुभव स्पष्ट हुन्छ । बाइडनले तत्कालिन राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाएका थिए। अन्तत उक्त कारबाहीमा लादेन मारिए नै ।
प्रखर वक्ता समेत रहेका बाइडन सामान्य नागरिकसँग निकै सहज रूपमा घुलमिल हुन्छन । खासगरी कामदार तथा मजदुर वर्गलाई खुशी राख्न सक्छन् ।उनले भाषणपछि समर्थकसँग हात मिलाउँछन् र अभिनेताले जस्तो अँगालो मार्ने र फोटो खिचाउने गर्छन् । जुन उनकाे शैली गज्जव छ ।
१९४२ नोभेम्बर २० मा जन्मिएका बाइडनले पहिलाे पत्नी र छाेरा गुमाइसके । उनकाे पहिलो पत्नी कार दुर्घटनामा ज्यान गुमाइन भने एक छोरा मस्तिष्कघातका कारण निधन भएको निकै वर्ष भैसक्याे । पारिवारिक शोकमा डुबेका बाइडन प्रति सर्वसाधारण अमेरिकीले निकै सहानुभूति छ ।

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ दोश्रो साताप…

प्रतिक्रिया