मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

ओलीको खुट्टा ढोगेर पुण्य गौतम एमाले प्रवेश

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका सदस्य रहेका  पुण्य गौतम एकीकृत समाजवादी त्यागेर एमाले प्रवेश गरेका छन् ।  गौतमले आज एमाले अध्यक्ष केपी ओलीको हातबाट झण्डा लिदै एमाले प्रवेश गरेका हुन् । गौतमले प्रवेश कार्यक्रममा ओलीको खुट्टा समेत ढोगेका थिए । 

प्रवेश कार्यक्रममा बोल्दै उनले सत्तासीन गठबन्धनलाई पाप दलीय गठबन्धनको संज्ञा दिए। सभामा ओली प्रति कृतज्ञ देखिएका उनले गठबन्धनको चर्को विरोध गर्दै  'पाप दलीय गठबन्धनको कालो रात चिर्न' शीर्षकको कविता समेत सुनाएका थिए।