जोशीको शव १२ देखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने

काठमाडौँ : पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको शव श्रदाञ्जलीका लागि आज मध्यान्ह १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जोशीको शव १२ देखि २ बजेसम्म दुई घण्टा केन्द्रीय कार्यालयमा राख्ने तय भएको जानकारी दिए ।
अन्य कार्यक्रम तय गर्नका लागि कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बिहान ११:३० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बोलाइएको छ । जोशीको अन्तिम संस्कारबारे थप निर्णय त्यही बैठकले गर्नेछ ।
मस्तिष्कघात भएर गत फागनु १४ गतेदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा भर्ना भएका जोशीले शुक्रबार साँझ ८ बजेर २४ मिनेट जादा निधन भएको थियो । जोशीलाई फागुन १३ गते राती स्वास्थ्यमा समस्या देखिएपछि परिवारले वीर अस्पतालमा पुर्याएका थिए । परिक्षणका क्रममा उनको मस्तिष्कमा रगत जमेको भन्दै वीर अस्पतालले तत्कालै नर्भिकमा रेफर गरेको थियो ।
नर्भिकमा उपचारको एकसातापछि जोशीको स्वास्थ्यमा सुधार आइ उनलाई भेन्टिलेटर बाहिर पनि राखिएको थियो । तर लगत्तै उनको स्वास्थ्यमा पुनः जटिलता आएपछि भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।

देशमा बहुआयामिक र चौतर्फी रूपमा विकास गर्दैछौँ : प्रधानमन्त्री ओली

प्राकृतिक प्रकोपपछिको उद्दार र राहतका लागि तयारी रहन कार्यकर्तालाई प्रचण्डको आग्…

इरान-इजरायल युद्ध : नेपाल फर्कन चाहनेलाई सरकारले उद्दार गर्ने

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

भिजिट भिसा प्रकरणमा माओवादीसँग सहमति भइसक्यो, अरू दलसँग सहमति गर्न आवश्यक छै…

कात्तिकको दोस्रो साता उपनिर्वाचन गर्ने प्रस्ताव

प्रतिक्रिया