मंगलबार एकै दिन करिब ६० हजारले छाडे उपत्यका

काठमाडौँ - स्थानीय तहको चुनाव आउन २ दिन बाँकी रहँदा राजधानी काठमाडौंबाट घर फर्किनेहरूको घुइँचो लागेको छ । विभिन्न कामले उपत्यकामा रहेका नागरिक स्थानीय तह निर्वाचनका लागि जिल्लामा फर्कने क्रम बढेको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयअनुसार विगत केही दिनदेखि उपत्यकाबाट जिल्ला फर्कने मानिस बढेका छन् । कार्यालयका अनुसार अहिले दैनिक काठमाडौँ आउनेभन्दा बाहिरिने बढिरहेका छन् ।
यतिबेला काठमाडौंको कोटेश्वर, कलंकी, बालाजु, बल्खु क्षेत्रमा घर फर्किनेहरूको भीड लागेको छ । गाउँ फर्किनेहरूको संख्या धेरै भएकाले सवारी साधनहरू खचाखच भरिएका छन् ।
मंगलबार मात्र करिब ६० हजार गाउँ-गाउँका यात्रुले काठमाडौँ उपत्यका छोडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सन्जिव शर्मा दासका अनुसार हिजो मात्र ५९ हजार ८१ यात्रुले उपत्यका छाडेका हुन् ।
सानाठूला सवारीसाधन ९ हजार ९५६ उपत्यकाबाट बाहिरिएका छन् । महाशाखाका अनुसार मंगलबार ८ हजार २६९ सानाठूला सवारीसाधन उपत्यका भित्रिएका छन् । त्यसैगरी ४२ हजार ८३२ यात्रुको प्रवेश भएको छ ।
यो क्रम वैशाख लागेदेखि नै सुरु भएको र हाल झनै बढिरहेको छ । कार्यालयका अनुसार सोमबारको तथ्याङ्क हेर्दा उपत्यकाबाट ७ हजार ९११ सवारीमार्फत ५५ हजार ७४६ यात्रु बाहिरिएका छन् । उपत्यका भित्रिने सङ्ख्या भने ४२ हजार ५४४ छन् ।
अघिपछि दैनिक भित्रिने र बाहिरिने मानिसको सङ्ख्या बराबरजस्तै हुने गरेकामा अहिले भने १० देखि १५ हजार बढी बाहिरिएका छन् । अबको दुई दिन यो क्रम अझै बढ्ने छ ।
कतिपय नागरिक निजी गाडी तथा सार्वजनिक सवारी साधनमा जिल्ला गइरहेका छन् भने कतिपय नागरिक उम्मेदवार र राजनीतिक दलका झण्डा र चुनाव चिह्नसहित रिजर्व गाडीमा गइरहेका पनि देखिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया