अनमोलले छाडेको ‘हनी बनी’ मा बलिउडका अभिमन्यू तोमार

काठमाडौँ - ‘हनी बनी’ निर्माताले बलिउड अभिनेता अभिमन्यू तोमारलाई अनमोल केसीको विकल्पको रुपमा अनुबन्ध गरेका छन् । निर्देशक दिवाकर भट्टराईले अभिमन्यूलाई अनुबन्ध गरिएको पुष्टि गरेका छन् । अभिमन्यूलाई अनुबन्ध गरेसँगै फिल्मको वर्कसप चलिरहेको निर्देशक भट्टराईले जानकारी गराए । फिल्मको सुटिंगका लागि सलोन लगायतका कलाकार सोमबार लन्डन प्रस्थान गरेका थिए ।
निर्देशक भट्टराईले अभिमन्यू फिल्मको पहिलो रोजाइ भएको जानकारी गराउँदै भाषाको समस्याका कारण मात्र अरु विकल्प सोचेको तर अन्तिममा घुमिफिरी उनीसँगै काम गर्न जुरेको बताए ।
‘यो फिल्मको कुरा हुँदा नै मैले उनलाई यो भूमिका सुहाउने कल्पना गरेर नेपाली फिल्ममा काम गर्नुपर्छ है भनेर कथा पनि सुनाएको थिएँ । पछि नेपाली कलाकार नै लिउँ भाषाको समस्या हुन्छ भन्ने भएपछि अनमोलसँग कुरा भएको हो,’उनले भने, ‘तर घुमिफिरी उनलाई नै काम गर्न जुरेको रैछ ।’
सन् २०१२ देखि मोडलिङमा सक्रिय अभिमन्यूले ‘लैजा मजनु’ नामको फिचर फिल्म र टिसिरिजको चर्चित गीत ‘याद पियाकी आने लगी’ मा मोडलिङ गरेका छन् ।
निर्देशक भट्टराईले अभिमन्यूको हजुरआमा नेपाली भएको र उनलाई नेपालीको धेरथोर ज्ञान भएकाले पनि फिल्ममा लिने निर्णय गरेको बताए । ‘हजुरआमा नेपाली भएका कारणले अभिमन्यूलाई पनि नेपालप्रति प्रेम छ । हजुरआमाको मातृभाषामा बन्ने फिल्मको हिस्सा बन्न पाउँदा अभिमन्यूले खुसी व्यक्त गरेका छन्’ दिवाकरले भने ।
निर्देशक भट्टराईले यो फिल्मको सुटिङ सोमबारबाट सुरु गर्ने जानकारी गराए । निर्माण टिमले मुख्य अभिनेत्रीका लागि जसिता गुरुङलाई लन्डनमा नै अनुबन्ध गरेको थियो । पुरुषोत्तम प्रधानले खिच्न लागेको यो फिल्मलाई एबी इन्टरनेसनलले निर्माण गर्न लागेको हो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया