आचारसंहिता विपरीत बाँड्न लागिएको खानेपानी पाईप स्थानीयले रोके

मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ को माैन अवधिमा मकवानपुरमा मतदाता 'फकाउन' आचारसंहिता विपरीत बाँड्न लैजाँदै गरेको खानेपानीको पाईप स्थानीयले रोकेका छन् ।
पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा निर्वाचन आचारसंहिता विपरीत बाँड्न लैजाँदै गरेको खानेपानीको पाईप स्थानीयले रोकेका हुन् ।
बुधबार दिउँसो बकैया ७ को हर्दा हुँदै माथिल्लो विकट गाउँमा मतदातालाई प्रभावित पार्ने उदेश्यले खानेपानीको पाईप बाँड्न लैजाँदै गरेको अवस्थामा एमालेबाट बकैया ७ का उम्मेद्वारसहित स्थानीयले रोकेका हुन् ।
बा ११ च ७९११ नंबरको पिकअप भ्यानमा लैजाँदै गरेको ३ क्वाईल खानेपानीको कालो पाईप नेपाली कांग्रेसले बाँड्न लागेको स्थानीयले आरोप लगाएका छन् । स्थानीय र सवारी चालकबीच विवाद भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
भ्यान चालकले पाईप सडकमै झारेर फर्किएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । घटनास्थल नजिकै मतदान स्थल बुथ रहेको र बुथ छोड्न नमिल्ने भन्दै प्रहरीले खानेपानीको पाईप सोही स्थानीमा छोडेको बताए ।
उक्त खानेपानीको पाईप हालसम्म पनि सोही ठाउँमा अलपत्र रहेको र कसैले पनि जिम्मेवारी लिन नआएको बताईएको छ । यसबारे थप अनुसन्धान हुन बाकी रहेको प्रवक्ता कार्कीले बताए ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया