बुद्ध थिएटर फेस्टिभलमा यशोधराको पीडा

काठमाडौं : बुद्ध थिएटर फेस्टिभलको छैटौं दिन अभि सुवेदीको लेखन रहेको नाटक ‘विम्बाका सपना’ मञ्चन भएको छ । थिएटर मलमा केही वर्ष पहिले घनश्याम श्रेष्ठको निर्देशनमा मञ्चन भएको यो नाटक शुक्रबार भने माला आर्टस् एकेडेमीका कलाकारले प्रस्तुत गरेका थिए । नाटक सन्दीप डंगोलको निर्देशनमा तयार भएको हो ।
१ घन्टा समायावधि रहेको नाटक यशोधराको पीडामा केन्द्रित थियो । सिद्धार्थ गौतम दुधे बालक राहुलको समेत पर्वाह नगरी दुःखको कारण खोज्न दरबार छाडेर हिँडे । यसरी हिँडेको ६ वर्षपछि सिद्धार्थ बुद्ध बनेर फर्किए ।
यही ६ वर्षको बीचमा यशोधराले भोगेको मानसिक पीडालाई नाटकले प्रभावकारी रुपमा प्रस्तुत गरेको थियो । नाटककार अभि सुवेदीले यशोधरालाई विम्बाको नाम दिँदै उनको अन्तद्र्धन्द्धलाई प्रस्तुत गरेका थिए । शुक्रबार मञ्चन भएको नाटकमा भने सन्दीपले विम्बाको मनस्थितिलाई आत्मसंवाद र मल्टिमिडियोका प्रस्तुतिद्धारा अझै रोचक तरिकाले प्रस्तुत गरेका थिए ।
नाटकमा सिरपा मानन्धर, कृतिका भट्टराई, अनिशा भण्डारी, सिरबानी थापा, अम्बिका बराल आदि कलाकारले अभिनय गरेका छन् । गत आइतबारबाट सुरु भएको बुद्ध थिएटरका अघिल्ला दिनमा भारत र हङकङका एक एकसहित ५ नाटक प्रस्तुत भइसकेका छन् ।
राष्ट्रिय नाच घरको प्रेक्षालयमा भइरहेको फेस्टिभलमा मञ्चन भएका सबै नाटकमा बुद्ध र उनको दर्शनलाई केन्द्रमा राखेर बनाइएको नाटक प्रस्तुत गरिएको थियो । शनिबारको अन्तिम मञ्चनसँगै फेस्टिभलको समापन हुने फेस्टिभल निर्देशक पुष्कर गुरुङले जानकारी गराएका छन् । अन्तिम दिन महोत्सवमा विरेन्द्र हमालको निर्देशन रहेको ‘प्रतीत्य सुमुत्पाद’ मञ्चन हुनेछ ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया